दोहोरो अङ्कले घट्यो नेप्से « Khabarhub

दोहोरो अङ्कले घट्यो नेप्से


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ ।

आज तीन सय कम्पनीको तीन करोड ३५ लाख २५ हजार सात सय दुई कित्ता शेयर दुई लाख १० हजार चार सय ७१ पटक खरिद बिक्री हुँदा रू नौ अर्ब ७६ करोड ८९ लाख ६९ हजार आठ सय ६८ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव ४०, विकाश बैंक शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव २८ र अन्य समूह एक दशमलव ९४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५१ र जलविद्युत समूह दुई दशमलव ८० प्रतिशतले घटेको छ । ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल वेयर हाउसिङ लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्कीट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ६५ करोड ८४ लाख ९० हजार दुई सय ८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल ग्रोथ फन्डको १५ लाख २७ हजार नौ सय ५० किता सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ३३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार