मजदुरका समस्या संकलन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन « Khabarhub

मजदुरका समस्या संकलन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धरान– यातायात मजदुरहरुको समस्या पहिचान र समाधानका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मजदुरहरुले काम गर्ने बसपार्क आधारित शिविर सञ्चालन गरेको छ ।

बुधबार धरानको भानुचोस्थित बसपार्कमा बिहान ७ बजेदेखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले शिविर सञ्चालन गरेको हो । शिविरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बसपार्क मजदुरहरुसँग भेटघाट, छलफल तथा समस्याहरु सूचीकरण गरेका छन् ।

मजदुरहरुको सडकका समस्याहरुको पहिचान गर्ने, समस्याहरुलाई सुत्रबद्ध गर्ने, सम्भव भएसम्म तत्काल समाधान गर्ने र तत्काल समाधान गर्न नसकिएका समस्याहरु सुत्रबद्ध गरेर समाधानको उपायहरुको खोजी गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने शिविरमा समस्याहरुको संकलनका साथै मजदुरहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सदस्यता कार्यथालोमै हस्तान्तरण गर्ने उद्देश्य रहेको संगठन धरानका अध्यक्ष कमल भट्टराईले बताए ।

शिविरमा जिफन्ट धरान उपमहानगर अध्यक्ष शमशेर बर्देवा, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा लगायतका सहभागी छन् भने धरान वडा नम्बर २ का अध्यक्ष रमेश राई समेत शिविरमा उपस्थित भएर सँगठनको छलफलमा सहभागिता र एक्यबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ३९ बजे

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल

विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ।