चिसो बढेपछि कञ्चनपुरका शैक्षिक संस्था बन्द | Khabarhub Khabarhub

चिसो बढेपछि कञ्चनपुरका शैक्षिक संस्था बन्द


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- अत्यधिक चिसो बढेपछि कञ्चनपुरमा सामुदायिक र संस्थागत विद्यालयमा दुई दिन शैक्षिक बिदा दिइएको छ ।  बेलौरी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै माघ ४ र ५ गते दुई दिन सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएका छन् ।

“मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ”, कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत मानबहादुर केसीले भने, “जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।”

शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठेरो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिका निमित्त कार्यकारी अधिकृत मोहन फुलाराले बताए ।

जाडोका कारण विद्यार्थी बिरामी पर्ने र कक्षाकोठामै थरथर काँप्न थालेपछि नगरपालिका क्षेत्रका विद्यालयमा बिदा दिएको उनको भनाइ छ । कञ्चनपुमा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : ०९ बजे

नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात, निर्यात ७७ प्रतिशतले वृद्धि

काठमाडौं– चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसङ्गत भएन : सांसद बस्नेत

काठमाडौं–  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर

‘सङ्घीयताबाट माओवादी पनि पछि हटेजस्तो छ’

काठमाडौँ – नेपालको संविधान ०७२ जारी भएपछि भएका दुईवटा आवधिक

रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा