आईसीसीले बंगलादेशी क्रिकेटर नासिर हुसेनमाथि लगायो २ वर्षको प्रतिबन्ध « Khabarhub

आईसीसीले बंगलादेशी क्रिकेटर नासिर हुसेनमाथि लगायो २ वर्षको प्रतिबन्ध


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेशी क्रिकेटर नासिर हुसेनमाथि २ वर्षको प्रतिबन्ध लगाएको छ ।

३२ वर्षीय नासिर हुसेनलाई काउन्सिलले २०२३ मा भ्रष्टाचार विरोधी संहिता उल्लङ्घन गरेको आरोप लगाएको थियो । पछि उनी यस आरोपमा दोषी पाइएका थिए ।

त्यसपछि नासिरले पनि तीन वटै आरोप स्वीकार गरेका थिए । अब उनलाई ७ अप्रिल २०२५ सम्म प्रतिबन्ध लगाइनेछ । बंगलादेशी अलराउन्डर नासिरलाई अज्ञात व्यक्तिले उपहार दिएका थिए ।

यसका लागि उनीसँग विशेष माग पनि गरिएको थियो । हुसैनले यसबारे न त बोर्डलाई जानकारी दिएका थिए न त भ्रष्टाचार विरोधी अधिकारीलाई । यति मात्र नभइ उनले अनुसन्धानमा अधिकारीलाई पनि सहयोग गरेका थिएनन् ।

नासिर हुसेनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल २५ जनवरी २०१८ मा श्रीलंका विरुद्ध खेलेका थिए । नासिरले ७५० अमेरिकी डलरभन्दा बढी मूल्यको आइफोन उपहार पाएका थिए ।

यसलाई आइसीसीको संहिताको धारा २.४.३ को उल्लङ्घन मानिएको छ ।

त्यस्तै नासिरले अपरिचित व्यक्तिले सम्पर्क गरेकोबारे पनि अनुसन्धान अधिकृतलाई जानकारी गराएका थिएनन् । उनी भ्रष्टाचारसम्बन्धी गतिविधिको निमन्त्रणा स्वीकार गर्ने र अधिकारीलाई जानकारी नगरेकोमा पनि दोषी ठहरिएका थिए ।

उनले बंगलादेशका लागि ११५ खेल खेलेर २६९५ रन पनि बनाएका छन् । नासिर हुसेनले २०११ देखि २०१८ सम्म बंगलादेशका लागि सबै ढाँचामा ११५ खेल खेलेका थिए र २६९५ रन बनाएका थिए । उनीहरू ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा प्राइम बैंक क्रिकेट क्लबबाट घरेलु रूपमा खेल्छन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ८ : ४३ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा