प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् । आज भैरहवामा गण्डकी र सुदूरपश्चिम प्रदेश आमने सामने हुँदैछन् ।

अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुबै खेलमा हार ब्यहोरेको छ र टोली प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ ।

त्यस्तै सुदूरपश्चिमले भने आफ्ना दुबै खेल जितेर प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

त्यस्तै, कीर्तिपुरमा आज हुने अर्को खेलमा एपीएफ क्लब र मधेश प्रदेश प्रतिस्पर्धा गर्दैछन् । एपीएफले आफ्ना दुवै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ भने मधेश प्रदेशले आफ्ना ३ खेलमध्ये एकमा जित र २ मा हार ब्यहोरेको छ ।

त्यसैगरी, आज हुने तेस्रो खेलमा मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । कोशी प्रदेशले आफ्ना तिन वटै खेलमा हार ब्यहोरेर जारी प्रतियोगितामा खराब सुरुवात गरेको छ भने आर्मीले आफ्ना २ खेलमा एक जित एक हार ब्यहोरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ९ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना