काठमाडौं– आगलागीबाट ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङको विराटनगर महानगरपालिका-९ चुलाचुली मार्ग बस्ने सुरेश कुमार शाहको जेनेटर राख्न बनाइएको घरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा जेनेरेटर पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सुनसरीकाे हरिनगरा गाउँपालिका-३ गौतमपुर बस्ने अरविन्द मेहताको २ बिघा, शिव दयाल मेहताको ३ बिघा, महेश मेहताको १० कठ्ठा, र बिहारी महतोको १० कठ्ठा गरी जम्मा ६ बिघा उखु खेतीमा बुधबार दिउँसो आगलागी भएको छ । क्षतिको विवरण भने हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया