राजनीतिक दलसम्बन्धी विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति « Khabarhub

राजनीतिक दलसम्बन्धी विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने भएको छ । 

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा चार किल्ला तोकी पशु वधशाला स्थापना गर्न इजाजत दिने निर्णय भएको जानकारी दिइन् ।

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधार (१) बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ । मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा उदयपुर निवासी पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता शर्माले बताइन्। 

सरकारले मालपोत नियमावली, २०३६ को नियम ४(क) को उपनियम (१) बमोजिम विभिन्न सूचना नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ । 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ६ : ४२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग