प्रभावकारी भूमिका खोज्दै पोखरा महानगरका वडा सदस्य | Khabarhub Khabarhub

प्रभावकारी भूमिका खोज्दै पोखरा महानगरका वडा सदस्य


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा महानगरपालिकाभित्रका वडा सदस्यहरू आफ्नो प्रभावकारी भूमिकाको माग गर्दै त्यसको खोजीमा जुटेका छन् । जनताबाट निर्वाचित भएर पनि कर्तव्य, अधिकारको प्रयोगसँगै प्रभावकारी भूमिका समेत पाउन नसकिएको भन्दै आफ्नो भूमिकालाई देखिने किसिमको बनाउन सदस्यहरूले पहल थालेका हुुन् ।

जनताको मतबाट निर्वाचित भएपछि अधिकांश स्थानमा गणपुरक मात्रै बन्नुपरेको भन्दै महानगरभित्रका वडा सदस्यहरू संगठित बन्दै गएको महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदीपराज ढुुङ्गानाले बताए ।

पहिलो चरणमा महानगरका केही वडा सदस्यहरू भेला भई आफ्ना अधिकार, कर्तव्य तथा भूमिकालगायतका विषयमा छलफल गरेको उनले बताए । उनले दोस्रो चरणमा सबै वडा सदस्यलाई सहभागी गराएर बृहत छलफल गर्ने निर्णय गरिएको जानकारी दिए ।

संविधानले पनि वडाध्यक्षका लागि ५५ वटा जिम्मेवारी दिएको तर वडा सदस्यको काम, कर्तव्य र अधिकार भनेर दुई वटा वाक्य मात्र उल्लेख गरेको उनको भनाइ छ । “वडा समितिको बैठकमा सहभागी हुने र तोकिए बमोजिम वा वडाध्यक्षले तोकेको काम गर्ने छन् भनेर वडा सदस्यको भूमिकालाई खुम्च्याइएको छ”, ढुुङ्गानाले भने ।

महानगरमा गरिएको करबृद्धि सम्बन्धमा पनि आफूहरूको फरक मत रहेको बताउँदै उनले कर बढाउने नभइ करको दायरा बढाउनुुपर्नेमा जोड दिए । करमा सबैभन्दा बढी विभेद ग्रामीण क्षेत्रमा भएको बताउँदै उनले महानगरभित्रका विकट गाउँ बस्तीमा महानगरको न्यायोचित दृष्टि हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १० : २७ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन