आज २०८० साल माघ ५ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल माघ ५ गते शुक्रबारको राशिफल


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ ५ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी १९ तारिख । आज भरुणी नक्षत्र र मेखमा चन्द्रमा रहेका छन् ।

ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ ।

त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ । दिन रमाइलोसँग बित्नेछ । स्वास्थ्य, शिक्षा र रोजगारीमा राम्रो हुनेछ । खर्च बढ्ने देखिन्छ । परिवारको सहयोग प्राप्त हुनेछ ।
वृष : दैनिकी सामान्य छ । आजको दिन खर्चिलो हुनेछ । विवादमा पर्नसक्ने देखिन्छ । परिवारसँगको सम्बन्ध सुमधुर रहने भएकाले दिन राम्रो हुनेछ । पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ ।

मिथुन : समय राम्रो छ । माया मारेको धन र हराएका आफन्त भेटिने योग छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ । परिवारसँग ठुलो विश्वास गर्नाले घाटा हुने देखिन्छ ।

कर्कट : दैनिकी सामान्य छ । विश्वास गरेर लगानी गरेका ठाउँबाट धोखा पाइने छ । पराइ भनेकाहरुले सहयोग गर्नेछन् । पैतृक सम्पत्ति र बन्धुको साथ रहने छ । परिवारको साथ रहने छ । प्रेम सम्बन्ध सफल हुनेछ ।

सिंह : दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । सोचेका राम्रा कुरा बन्नेछन् । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारलाई विश्वास गर्दा धोखा हुनसक्छ ।

कन्या : दिन सामान्य राम्रो छ । ऋण खोजेर लगानी गर्दा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन राम्रो छ । स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा क्षेत्रको लगानीमा घाटा हुनेछ । सामाजिक र पारिवारिक क्षेत्रमा सम्बन्ध राम्रो छ ।

वृश्चिक : दिन सामान्य छ । आफूलाई चिनेर काम गर्नु भए मात्र दिन सहज हुनेछ । बोलीमा उतारचढाव भएमा प्रतिस्पर्धीले मौका पाउने देखिन्छ । परिवार र प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

धनु : दिन राम्रो छ । न्याय पाउने योग रहेको छ । परिवारको साथ र सहयोगले दिन रमाइलो हुनेछ । शब्द जालमा पर्ने भएकाले सचेत बन्नु राम्रो हुन्छ । अचानक अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ ।

मकर : दैनिकी सामान्य छ । कर्मको फल मात्र उपयोग गर्ने योग छ । अरुसँग अपेक्षा गर्दा घाटा हुनसक्छ । प्रतिस्पर्धी कडा भएकाले प्रतिवाद गर्ने क्षमता राख्नुपर्छ । विश्वास गरेका पात्रबाट धोखा हुने योग रहेको छ ।

कुम्भ : दैनिकी राम्रो छ । हनुमानको स्मरण गरेमा काम सफल हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहने छ । प्रेम सम्बन्ध सुमधुर देखिन्छ ।

मीन : समय सामान्य छ । सञ्चित सम्पत्ति खर्च हुनेछ । आजको दिन व्यापारमा लगानी गर्नु राम्रो हुन्छ । आफन्त भन्दा अपरिचित मानिसबाट साथ र सहयोग मिल्नेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढे दिन रमाइलो हुनेछ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : १० बजे

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड

आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि

काठमाडौं- शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न