सर्वोच्चले दिएन प्रहरीले प्रयोग गर्ने मेटल बुलेट प्रयोगमा रोक लगाउने आदेश « Khabarhub

सर्वोच्चले दिएन प्रहरीले प्रयोग गर्ने मेटल बुलेट प्रयोगमा रोक लगाउने आदेश


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले भीड नियन्त्रणका क्रममा प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोगमा रोक लगाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोग गर्दा सर्वसाधरणको मृत्यु भएको भन्दै त्यसलाई रोक्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अन्तरिम आदेश अस्वीकार भएसँगै प्रहरी प्रयोग गर्दै आएको मेटल बुलेटको प्रयोगले निरन्तरता पाउने आधार बनेको छ ।

पछिल्लो एक महिनामा मात्र प्रहरीले चलाएको गोली लागेर तीन जना सर्वसाधारण नागरिकको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : १६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम