आगलागीमा परी लमजुङमा एक महिलाको मृत्यु « Khabarhub

आगलागीमा परी लमजुङमा एक महिलाको मृत्यु


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-४ स्यागे बस्ने ४१ वर्षीय सन्तमाया श्रेष्ठ छिन्।

बिहीबार राति उनको पक्की घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रुपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १ : १३ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु