राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको छ : महन्थ ठाकुर « Khabarhub

राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको छ : महन्थ ठाकुर


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अहिले पनि राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको बताएका छन् ।

१७ औ बलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक बुद्धिजीवी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको बताएका हुन् । उनले संविधानमा उल्लेख अधिकारलाई प्रयोग गर्दा पनि प्रशासनले मधेशी समुदायमाथि दमन गर्ने गरेको जिकिर गरे । 

अध्यक्ष ठाकुरले धेरै जनसंख्या भएको मधेशमा कम बजेट बिनियोजन गरेको धारणा राखे । उनले मधेशी समुदायको हक अधिकार स्थापित गर्नका लागि आन्दोलन निरन्तर रहेको उल्लेख गरे । 

२०६३ माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । त्यसैको सम्झनामा मधेसकेन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ४ : ४४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म