बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो : रवि लामिछाने « Khabarhub

बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो : रवि लामिछाने


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन– सहकारीका बचतकर्ताहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको बताएका हुन् ।

चितवन क्षेत्र नम्बर दुई बाट  निर्वाचित सांसद समेत रहेका लामिछानेले बचत कर्ताको सुरक्षा राजनीतिक दलका रुपमा जनप्रतिनिधिका रुपमा र जिम्मेवार व्यक्तिमा रुपमा प्राथमिकतामा रहेको बताएका छन् । 

रास्वपाले सहकारीमा रहेको समस्याको समाधान सहितको प्रतिवेदन समेत तयार पारेको उनले बताए । सहकारीको मुद्दा बाहिर नआउँदै जलेश्वर बैठकले नै सो प्रतिवेदन तयार पारेको उनको दावी थियो ।

 पूर्व गृहमन्त्री समेत रहेको लामिछानेले सहकारीको समस्या राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । ‘सरकारबाट अनुमति लिएका सहकारीहरुमा बचत गरिसकेपछि बचतकर्ताको रकम फिर्ता गर्नु सरकारको दायित्व हो,’ उनले भने ‘यसको समाधान राजनीतिक रुपमा गर्नुपर्दछ।’

यसअघि लामिछाने सहभागि रहेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा सहकारी बचतकर्ताको लगानी रहेको थियो । त्यतिखेर लामिछाने टिभिका प्रबन्धक निर्देशक थिए । सहकारी सञ्चालक समितिका अध्यक्ष जिबि राई फरार छन् । 

 जिबि राईलाई समात्न किन सकिएन ? भन्ने पत्रकारको प्रश्नमा लामिछानेले राज्यका कारण समात्न नसकेको उत्तर दिए । ‘समात्न सरकार लाग्नुपर्‍यो हामी सघाउन तयार छौँ ।’

जोसंग शक्ति छ उसको संरक्षणका कारण नसमातिएको हुन सक्छ उनले भने ।’ उनले आफू डेढ वर्ष अघिदेखि सो संस्थामा नभएको स्पष्ट पारे । लामिछानेले चितवनका सहकारी पीडितसँग समेत भेट गरेका छन् ।

 

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ०२ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको