बान्द्रेले नयाँ टेलिसिरियल ल्याउने पक्का « Khabarhub

बान्द्रेले नयाँ टेलिसिरियल ल्याउने पक्का


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिसिरियल ‘मेरी बास्सै’ बाट लोकप्रियता कमाएका सुरोज चापागाईं (बान्द्रे) ले नयाँ टेलिसिरियल ल्याउने पक्का भएको छ । उनी अहिले सोही टेलिसिरियलको टाइटल गीतको रेकर्डिङमा व्यस्त छन् ।

बान्द्रेकै निर्देशन र लेखन रहने टेलिसिरियलमा मेरी बास्सैका कलाकारहरु पनि समेटिने बुझिएको छ ।

बान्द्रे अहिले यसको ‘स्क्रिप्ट’ लगायतका काममा छन् । चैतदेखि छायांकनमा निस्किने र वैशाख पहिलो सातादेखि प्रसारण गर्ने उनको तयारी छ ।

खबरहबसँगको कुराकानीमा बान्द्रे भन्छन्, ‘केही स्टार कलाकार नै रहने गरी काम सुरु गरेको छु । टाइटल र कलाकारको बारेमा छिटै फाइनल हुन्छ ।’

मेरी बास्सैबाट अलग भएपछि बान्द्रे रिजर्भ जस्तो देखिएका छन् । उनी व्यवसायमा लागेको चर्चा बेला बेला भए पनि उनी रंगकर्मबाट बाहिरिएका छैनन् ।

बान्द्रे ‘मेरो स्कुल’ नाम सन्देशमूलक चलचित्र विभिन्न स्कुलमा देखाउँदै हिँडिरहेका हुन्छन् । उनी भन्छन्, ‘म मिडियामा कम आए पनि फिल्ममै व्यस्त छु । अब पुरानै काममा फर्कन्छु ।’

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ७ : ४४ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले