रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गरिदिन आग्रह | Khabarhub Khabarhub

रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गरिदिन आग्रह


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् ।

युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरुलाई फिर्ता गरिदिन आग्रह गरेका हुन् ।

‘हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उनले भने, ‘त्यस कारण रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ।’

परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरे ।

‘रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन्। आफन्तको शव प्राप्त गरी आफनो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो। त्यसकारण नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं,’ मन्त्री साउदले रुसी उपविदेशमन्त्रीसँग भने, ‘रुसी पक्षले मृतकका परिवारलाई रुसी कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएको छ। यसका लागि प्रक्रिया छिटो अघि बढाउन अनुरोध गर्दछौँ।’

जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताए। रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा दुई पक्षबीच नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

उनले नेपाल र रुस सम्बन्धको लामो इतिहाससमेत उल्लेख गरे। ‘हाम्रो सम्बन्धको जग बलियो छ,’ रुसी उपविदेशमन्त्रीले भने, ‘हामीले यी सम्बन्धलाई अगाडि बढाउनु पर्छ।’

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : ५३ बजे

पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनको उच्च जोखिममा

काठमाडौं – नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय

सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः ओली

मोरङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

एकीकृत समाजवादीले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु 

इलाम – पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई

प्यालेस्टिनलाई मान्यता दिने मुलुकहरूलाई इजराइलको कडा चेतावनी

जेरुसेलम – इजराइलको विदेश मन्त्रालयले बिहीबार आयरल्यान्ड, नर्वे र स्पेनसँग