जाजरकोट भूकम्पः २६ हजार लाभग्राहीले पाए पहिलो किस्ता « Khabarhub

जाजरकोट भूकम्पः २६ हजार लाभग्राहीले पाए पहिलो किस्ता


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम – जाजरकोट भूकम्पबाट प्रभावित रुकुमपश्चिमका छ पालिकाका २६ हजार पाँच सय ७३ लाभग्राहीले अस्थायी आवास निर्णाणका लागि पहिलो किस्ताबापत रु २५ हजारका प्राप्त गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारीले प्रवेश बढुवालले सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा आठ सय ५८ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको बताए ।

उनका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार चार सय ३२, त्रिवेणी गाउँपालिकामा दुई हजार सात सय ७२, चौरजहारी नगरपालिकामा छ हजार एक सय ६५ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै एक हजार छ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

उनका अनुसार छ वटै स्थानीय तहका लाभग्राहीले हालसम्म रु २५ हजारका दरले रु ६६ करोड ४३ लाख २५ हजार प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषले २९ हजार चार सय छ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७३ करोड ५१ लाख ५० हजार पठाएको छ । लाभग्राही पहिचान भएका दुई हजार आठ सय ३३ जनाले अस्थायी आवासको पहिलो किस्ता पाउन अझै बाँकी छ ।

जिल्लामा हालसम्म १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण भएका छन् भने सात हजार चार सय ९७ अस्थायी आवास निर्माणाधीन रहेको बढुवालले जानकारी दिए । लाभग्राहीको सङ्ख्या आउने क्रम जारी रहेकाले यो सङ्ख्या ३० हजार पाँच सय पुग्नसक्ने जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले अनुमान गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : ०१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा