दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराका पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट आज दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र सोही वडाको पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको उद्धार गरी सुर्खेत पठाइएको डा रञ्जित शाहले बताए ।

खत्रीको पेटमै बच्चाले दिसा गरेको र तत्काल अप्रेसन गर्नुपर्ने हुँदा कोल्टीमा सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको डा शाहको भनाइ छ । गर्भवती विष्टलाई भने सुत्केरी व्यथा लागेको लामो समय भइसक्दा पनि बच्चा नजन्मेकाले तत्काल अप्रेशन गर्नुपर्ने भएकाले सुर्खेत पठाइएको डा शाहको भनाइ छ ।

डा शाहका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गरिएको हो । गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सो जटिल बिरामीलाई हेलिकप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार गर्ने गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : ५० बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको