भोजपुरको महभिर खोलामाथि मोटरेवल पक्की पुल | Khabarhub Khabarhub

भोजपुरको महभिर खोलामाथि मोटरेवल पक्की पुल


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुर नगरपालिका–१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ । महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो ।

बीस मिटर लम्बाइ रहेको पुलको सुनसरी–४ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरे । त्यस अवसरमा उनले यस क्षेत्रको विकासमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । “जनताको घरदैलोमा पुग्ने क्रममा यो खोलाले धेरै पटक मलाई पनि रोकेको थियो”, उनले भने, “स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर यहाँ पक्की पुल निर्माण सम्पन्न गरेका छौँ । अबका बाँकी दिनमा यो पुलले यहाँको विकासको लागि भूमिका खेल्ने छु ।”

खोलामा काठे पुलबाट ओहोरदोहोर गर्दा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । धेरै मेहनतपछि यहाँ पुल लगाउन सफल भएको स्थानीयवासी नेपाली कांग्रेसका जिल्ला सचिव तथा कांग्रेसको केन्द्रीय विभागअन्तर्गत नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विषय विज्ञ चक्रबहादुर कार्कीले बताए ।

“महभिर खोलामा पुल नहुँदा धेरै समस्या थियो”, उनले भने, “धेरै समयको मेहनतपछि यहाँ पक्की पुल निर्माण गर्न सफल भएका छौँ । अब हामीलाई आवतजावतमा सहजता छपिएको छ । म आफैँले पनि धेरै ठाउँमा पहल गरेपछि निर्माण गर्न सफल भएका छौँ ।” काफ्ले–महभिर–खुरिला सडक खण्डमा पर्ने यो स्थानमा २०७५ सालबाट पुल निर्माण सुरु गरिएको थियो । यहाँ नेपाल सरकार सरकारको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ९ : ०४ बजे

धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै

इजरायल – इरान र इजरायल युद्ध सुरु भएपछि धेरै देशले

कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

गोदावरी–  गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी

मधेशमा खाद्य बालीको भू-भाग घट्यो, उखुदेखि दालको उत्पादन घट्यो

काठमाडौं– पछिल्लो समयमा मधेश प्रदेशभित्र खाद्य तथा अन्य बालीले ओगट्ने

क्लब विश्वकप : युभेन्ट्सको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबलमा युभेन्ट्सले विपक्षीको पोस्टमा ५

प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधि होइन भन्ने बुझ्दै किसान

बेनी– बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र