काभ्रेको रोशी भिमखोरीका ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् « Khabarhub

काभ्रेको रोशी भिमखोरीका ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत्


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गरेका हुन् ।

प्रसारण लाइनको शुभारम्भ गरेसँगै वडा नं ११ का छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ र अमलबासका गरी तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छ । विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताए ।

पालिकाका नागरिकलाई आवश्यक सेवासुविधा प्रदान गर्नका लागि स्थानीय सरकारले प्रयत्न गरेको बताउँदै उनले स्थानीय तहबाट गर्नुपर्ने काममा आवश्यक सुझाव दिन आग्रह गरे । राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि वडा कार्यालयमा सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह गर्दै आइएको वडाध्यक्ष लालकुमार पाख्रिनले बताए ।

विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुँदै जाने उहाँको भनाइ थियो । “आज हामी धेरै खुसी छौँ । अब वडाबाट नागरिकको काम सहज रुपमा गर्नसक्ने भएका छौँ”, उनले भने, “यसअघि आकाशमा बादल छायो कि सोलार चार्ज सकेर सेवा प्रवाह रोकिन्छ कि भन्ने डर हुन्थ्यो ।” यसअघि साउनमा सो वडाका तल्लो भेग कालढुङ्गाका एक सय ३५ घरधुरीमा प्रसारण लाइन जोडिएको थियो ।

करिब एक हजार घरधुरी रहेको वडामा बाँकी रहेका घरमा छिट्टै लाइन जडान गरिने गाउँपालिका अध्यक्ष लामाले बताए । अन्य घरधुरीमा सामुदायिक विद्युतीकरणमार्फत विद्युत् जडान गरिएको उनले जानकारी दिए । उनका अनुसार विभिन्न चरणमा गरेर हालसम्म यहाँका छ सय १२ घरधुरीका नागरिकले सुविधा पाएका छन् ।

वडाका स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्क रुपमा विद्युत् मिटर बक्स वितरण गरेको छ । त्यसका लागि गाउँपालिकाले रू छ लाख खर्च गरेको वडाध्यक्ष पाख्रिनले जानकारी दिए । राष्ट्रिय प्रसारण शाखा लाइन विस्तारका लागि रू तीन करोडमा ठेक्का सम्झौता भएर काम सम्पन्न भएपछि यहाँका नागरिकले विद्युत् उपभोग गर्न पाएका हुन् ।

३० किलोमिटर एबिसी केबुल, सात सय ४० वटा आठ मिटरको स्टिल खम्बा, चार वटा ट्रान्सफर र प्रोजेक्टबाट अन्य थप गरी शाखा लाइन विस्तार गरिएको नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाका प्रमुख अमृत अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १२ : ११ बजे

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका