कंगोमा इबोला संक्रमण बढेपछि रुवाण्डाले गर्‍यो नाका बन्द | Khabarhub Khabarhub

कंगोमा इबोला संक्रमण बढेपछि रुवाण्डाले गर्‍यो नाका बन्द


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किगाली– अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्राणघातक इबोला रोगको संक्रमण बढ्दै गएको संकेतपछि रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ ।

छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि सीमा बन्द गरेको हो ।

कंगोका राष्ट्रपति कार्यालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा रुवान्डाले एकपक्षीय रुपमा नाका बन्द गरेको उल्लेख छ । यहाँ दैनिक जीवनयापनका लागि स्थानीय मानिसहरु सीमावर्ती शहरमा ओहोरदोहोर गर्ने गर्छन् ।

कंगोले जनताको दैनिक जीवनमै असर पार्ने गरी एकपक्षीय रुपमा रुवान्डाबाट सीमा बन्द गरिएको भन्दै आपत्ति जनाएको छ । रुवान्डाको पछिल्लो कदमबाट करिब २० लाख जनसंख्या बसोबास गर्ने गोमा शहर र रुवान्डाको करिब ८५ हजार जनसंख्या रहेको गिसेन्यीबीचको आवतजावत बन्द भएको छ ।

रुवान्डाको पछिल्लो निर्णयले ठूलो संख्याका कंगोली नागरिक र रुवान्डाको गिसेन्यीमा रहेका विदेशीलाई गोमा भ्रमणमा कठिनाई हुने पनि कंगोले जनाएको छ ।

सन् २०१८ को अगष्टयता कंगोमा फैलिएको इबोलाका कारण एक हजार ८ सय ३ जनाको ज्यान गइसकेको छ । गोमा शहरमा संक्रमित तीन जनामध्ये दुई व्यक्तिको मृत्यु भइसकेको छ । स्वास्थ्य अधिकारीहरुले शहरी इलाकामा यो रोगको संक्रमण अझ तीव्र रुपमा फैलन सक्ने संकेत गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ८ : ०५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार