यू–१९ विश्वकपमा पाकिस्तानको उत्कृष्ट सुरुवात « Khabarhub

यू–१९ विश्वकपमा पाकिस्तानको उत्कृष्ट सुरुवात


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकपमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । शनिबार भएको समूह ‘डी’ अन्तरगतको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

२८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमा १०३ रनमा अल आउट भयो । उस्का लागि नौमान शाह २६, शोहेल खान र रहिमुल्लाह जुरमाती समान समान २० रन बनाए । अन्य ब्याटरको प्रर्दशन उल्लेखनीय रहेन् । पाकिस्तानका लागि अहमेद हुसेनले ४ तथा मोहम्मद जेसनले ३ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर सहजाइब खानले सतक प्रहार गरे । उनले १२६ बल खेल्दै १० चौका र ३ छक्काको मदतमा १०६ रन बनाए । त्यस्तै मासाद बेगले ५०, राइज उल्लाले ४६ रन, उबाइद साहले २२ बनाए । अफगानिस्तानका खाली अहमेदले ४ विकेट लिएका थिए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ९ : ४३ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को