एपेन्डिक्स : शरीरको काम नलाग्ने अंग, जसले तपाईँलाई दुःख दिन सक्छ | Khabarhub Khabarhub

एपेन्डिक्स : शरीरको काम नलाग्ने अंग, जसले तपाईँलाई दुःख दिन सक्छ


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसको शरीरमा एउटा कामै नलाग्ने अंग हुन्छ । त्यो अङ्गले मानिसलाई काम लाग्ने कुनै कार्य गर्दैन । तर, जीवनमा एकचोटि दुःख दिन सक्छ । त्यसले दुःख दियो भने शल्यक्रिया गरेर फाल्नुको कुनै विकल्प रहँदैन ।

मान्छेको शरीरमा काम नलाग्ने अंग भनेको एपेन्डिक्स हो । ठूलो आन्द्रा र सानो आन्द्राको जोर्नीमा जुइनो जसरी रहेको एपेन्डिक्स हाम्रो पाचन प्रणालीको एउटा परिशिष्ट भाग हो । यो नाइटोको छेउका, दायाँ भागमा हुन्छ ।

रोग नलागेको सामान्य अवस्थामा पनि यसलाई निकालेर फालिदिने हो भने पनि त्यसले कुनै असर पार्दैन । तर, कहिलेकाहीँ त्यो फुट्यो भने तत्कालै शल्यक्रिया गर्नुको विकल्प रहँदैन । एपेन्डिक्स फुट्ने समस्यालाई मेडिकल साइन्सको भाषामा एपेन्डिसाइटिस भनिन्छ ।

चिकित्सकका अनुसार एपेन्डिसाइटिस धेरै मानिसलाई हुने समस्या हो । एपेन्डिसाइटिस भएमा एपेन्डिक्स सुनिन्छ र यो समस्या देखिएमा २४ घण्टादेखि ४८ घण्टाभित्र शल्यक्रिया गरेर त्यसलाई फाल्नुपर्छ ।

एपेन्डिसाइटिस कस्तो समस्या हो र यसको उपचार विधि के छ ?  यसबाट बच्ने कुनै उपाय पनि छ कि ? यिनै विषयमा ओम अस्पतालका वरिष्ठ सर्जन डा. कमल कोइरालासँग गरिएको कुराकानी

एपेन्डिसाइटिस कस्तो रोग हो ?
यो धेरै मानिसलाई हुने समस्या हो । हाम्रो पेटमा एपेन्डिक्स भन्ने एउटा अंग हुन्छ । त्यसमा इन्फेक्सन भयो भने त्यसलाई एपेन्डिसाइटिस भनिन्छ ।

मलाई एपेन्डिसाइटिस भयो भनेर बिरामीलाई थाहा हुँदैन । बिरामीलाई एक्कासी पेट दुखेर दायाँपट्टि सर्यो भने एपेन्डिसाइटिस भएको हुनसक्छ । सबै दुखाइमा एपेन्डिसाइटिस नहुन पनि सक्छ ।

एपेन्डिसाइटिस भएको कसरी थाहा पाउने ?
उपचारमा आउने बिरामीहरूको इतिहास हेर्दा पेट दुख्ने, नाइटोको वरिपरि दुख्दै तल्लो पेटसम्म दुखाइ हुने, वान्ता हुने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । रगतमा पनि इन्फेक्सन देखिन्छ । तर, यो सजिलै पत्ता लगाउन गाह्रो हुन्छ । कुनै अवस्थामा बिरामीलाई माथिल्लो स्तरको जाँच गर्नुपर्ने र तुरुन्तै अप्रेशन गर्नुपर्ने हुन्छ । यदि २४ घण्टा देखि ४८ घण्टाभित्र अप्रेशन गरिएन र यो फुट्यो भने बिरामीको मृत्यु पनि हुनसक्ने खतरा हुन्छ ।

एपेन्डिसाइटिस भएका बिरामीहरू कुन अवस्थामा अस्पताल आइपुग्नुपर्छ ?
मलाई एपेन्डिसाइटिस भयो भनेर बिरामीलाई थाहा हुँदैन । बिरामीलाई एक्कासी पेट दुखेर दायाँपट्टि सर्यो भने एपेन्डिसाइटिस भएको हुनसक्छ । सबै दुखाइमा एपेन्डिसाइटिस नहुन पनि सक्छ । तर, दुखाइ सहेर बस्नुहुँदैन । पेट दुख्ने, बान्ता हुनेजस्ता लक्षणहरू देखिए भने नजिकको अस्पतालमा गएर उपचार गराइहाल्नु राम्रो हुन्छ ।

फुट्नुअगाडि नै अप्रेशन गर्‍याे भने यो सजिलैसँग निको हुन्छ । फुटिसकेपछि अलि गाह्रो हुन्छ । आम मानिसले सोचेजस्तै फुटिसकेपछि बिरामीको मृत्यु नै भइहाल्छ भन्ने होइन ।

नेपालमा यसको अवस्था के छ? कस्तो अवस्थामा बिरामीहरू अस्पताल आइपुग्ने गरेका छन् ?
नेपालमा पछिल्लो समय शिक्षाको गुणस्तरमा सुधार भएकाले फरक –फरक अवस्थामा बिरामीहरू आइपुग्छन् । एउटा त इमर्जेन्सीमा धेरै बिरामी आउने रोग हो यो । केही बिरामीहरू एपेन्डिक्स फुटेको अवस्थामा पनि आइपुग्छन् । कतिपय बिरामीहरू धेरै समस्या भइसकेको अवस्थामा अस्पताल आइपुग्छन् ।

एपेन्डिक्स फुटिसकेपछि स्वास्थ्यमा अन्य असर के हुन्छ ?
फुट्नुअगाडि नै अप्रेशन गर्‍याे भने यो सजिलैसँग निको हुन्छ । फुटिसकेपछि अलि गाह्रो हुन्छ । आम मानिसले सोचेजस्तै फुटिसकेपछि बिरामीको मृत्यु नै भइहाल्छ भन्ने होइन । तर, फुटिसकेपछि जोखिम चाहिँ अलि धेरै हुन्छ । त्यसैले फुट्नुभन्दा अगाडि नै उपचार गर्दा राम्रो हुन्छ ।

एपेन्डिसाइटिसकै कारण मृत्यु हुने दर कस्तो छ ?
विश्वकै तथ्याङ्क अनुसार जुनसुकै अप्रेशनमा पनि १ हजारमा १ जनाको मृत्यु हुन्छ । सबैखाले अप्रेशनमा चुनौति हुन्छ । साधारण अवस्थामा आउँदा एपेन्डिक्समै चाहिँ मृत्यु भइहाल्दैन । एपेन्डिक्स फुटेर शरीरका अन्य भागमा पनि इन्फेक्शन फैलिसकेको छ भने सयमा २० जनाको मृत्यु हुने सम्भावना रहन्छ ।

यसको उपचार विधि के छ ?
पछिल्लो समय ल्याप्रोस्कोपी विधिबाट पनि उपचार गरिन्छ । जसमा नचिरेर सानो प्वाल पारेर उपचार गरिन्छ । त्यसरी उपचार गर्दा बिरामीको पेटमा दाग पनि देखिँदैन र छिटो निको पनि हुन्छ । ठूला अस्पतालहरूमा यो सुविधा छ ।अधिकांश अस्पतालमा अहिले पनि चिरेरै अप्रेशन गर्ने गरिन्छ । बिरामी कुन अवस्थामा अस्पताल आइपुगेको हो, त्यो अनुसारको उपचार विधि हुन्छ ।

बिरामीलाई आधार मानेर गरिएको अध्ययनमा पुरुषहरु, अझ युवामा बढी देखिएको छ ।

ल्याप्रोस्कोपी प्रविधिबारे प्रष्ट पार्दिनुहुन्छ कि ?
शरीरमा प्वाल बनाएर दुरबिनको सहायताले हेरेर उपचार गर्ने प्रविधि ल्याप्रोस्कोपी प्रविधि हो । युवा छन् भने कस्मेटिक हिसाबले दागी पनि नदेखिने, बिरामीलाई दुःख कम हुने र छिटो निको भएर सामान्य जीवन यापन गर्न सक्ने भएकाले अहिले यो प्रविधि निकै प्रभावकारी मानिन्छ ।

एपेन्डिसाइटिसको उपचार विधि अप्रेशनमात्रै हो या अरु पनि छन् ?
कुनै–कुनै केसमा औषधी खाएर निको पार्ने र पछि दोहोरियो भने अप्रेशन गर्ने भन्ने पनि हुन्छ । तर, एपेन्डिसाइटिसको पहिलो उपचार भनेकै अप्रेशन हो ।

एकपटक अप्रेशन गरिसकेपछि फेरि दोहोरिने सम्भावना कतिको हुन्छ ?
कोही कोही मान्छेलाई एकदमै जटिल इन्फेक्शन भयो, एपेन्डिक्सको वरिपरि गाँठो परेर बस्यो भने बिरामीलाई जोगाउन गाँठो परेको भागलाई निकालिन्छ । कुनै कारणले बाँकी रहेको भाग निकाल्न सकिएन भने त्यसमा इन्फेक्शन भएर बल्झिन सक्छ, जसलाई स्टेप एपेन्डिसाइटिस भनिन्छ । यो एकदमै कम मात्रामा हुन्छ ।

एपेन्डिसाइटिस हुन नदिने केही उपाय छ कि ?
यो १० देखि ३० वर्षसम्मको उमेर समुह, त्यसमा पनि पुरुषहरूमा बढी हुन्छ । तर, यही कारणले एपेन्डिसाइटिस हुन्छ भन्ने पत्ता नलागेकाले यो समस्या हुन नदिने भन्ने कुनै आधार छैन । तर, प्रोटिन बढी खाने र शहरी जीवनशैलीमा हुर्केका मान्छेहरूमा यो समस्या बढी देखिने गरेको छ । यसको अर्थ फेरि प्रोटिन नै खानुहुँदैन भन्ने होइन । ठिक्क मात्रामा खानुपर्छ ।

महिला भन्दा पुरुषमा बढी देखिन्छ भन्नुभयो, यसको कारण होला ?
यसको कुनै कारण नै छैन । बिरामीलाई आधार मानेर गरिएको अध्ययनमा पुरुषहरु, अझ युवामा बढी देखिएको छ । कसैलाई लिम्फोइट सुन्निएर हुन्छ भने कसैको एपेन्डिक्सभित्र ढुङ्गाजस्तो कडाखालको वस्तु जमेर पनि हुन्छ । कोही एपेन्डिक्स भनेर उपचारमा आउँछन्, तर त्यहाँ ट्युमर भएर क्यान्सर नै भइसकेको पनि हुन्छ । त्यसैले एपेडिक्स सँगसँगै अन्य जाँच पनि गर्नुपर्ने हुन्छ ।

यहाँले भनेजस्तै एपेन्डिसाइटिसका कारणले क्यान्सर हुने हो वा क्यान्सरका कारण एपेन्डिसाइटिस ?
एपेन्डिसाइटिसका कारणले क्यान्सर हुने होइन । पहिले नै क्यान्सर रहेछ भने क्यान्सरले एपेडिक्सको मुखमा थुनिएर एपेन्डिसाइटिस हुने सम्भावना रहन्छ ।

अन्त्यमा यहाँको सुझाव ?
स्वास्थ्यमा कुनैपनि समस्या भयो भने नजिकैको स्वास्थ्यकर्मीको सुझावका आधारमा मात्रै उपचारमा जानुपर्छ । ग्यास्ट्रिक भयो या अन्य कुनै सामान्य रोग होला भनेर बस्नुहुँदैन । समयमै उपचार गराइहाल्नु राम्रो मानिन्छ ।

वरिष्ठ सर्जन डा. कमल कोइरालासँग गरिएको कुराकानी

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ०८ बजे

गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

जलेश्वर– विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय

लेबनानको हिजबुल्लाहमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

एजेन्सी– लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विषेश छुट

काठमाडौं– एनएमबी बैंक लिमिटेड र बुद्ध एयरले एनएमबी बुद्ध भिसा

दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा ६

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

काठमाडौं– खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन