एमालेमा स्वाभिमान र स्वतन्त्रताको लडाइँ आवश्यक : कर्ण थापा « Khabarhub

एमालेमा स्वाभिमान र स्वतन्त्रताको लडाइँ आवश्यक : कर्ण थापा


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने एमाले केन्द्रीय कमिटीको निर्णयपछि एमाले नेता कर्णबहादुर थापाले पार्टीमा नयाँ सङ्कल्पका लागि आह्वान गरेका छन् ।

उनले पार्टीभित्र देखिएको घृणा, अपमान र निषेधको अन्त्य र जनताको बहुदलीय जनवाद (जबज)का मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्पका लागि आह्वान गरेका हुन् ।

स्थायी कमिटी सदस्यसमेत रहेका नेता थापाले स्वाभिमान र स्वतन्त्रताको लडाइँ  नयाँ शिराबाट लड्न पनि अपिल गरेका छन् ।

‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्प  गरौँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ । हरेक विवेकशील एमाले कार्यकर्तासँग हार्दिक अपिल गर्दछु ।’

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन प्रयासरत थापालाई मङ्गलबार एमाले नेतृत्वले केन्द्रीय कमिटी बैठकमा बोल्न बन्देज गरेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ५१ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय