सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  | Khabarhub Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आइतबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ११ : ०३ बजे

भारतमा विशाल डेटा सेन्टर बनाउने ओपनएआईको योजना

काठमाडौं- अमेरिकाको एआई कम्पनी ओपनएआईले भारतमा विशाल डेटा सेन्टर बनाउने

एमाले विधान महाधिवेशनः विचार दस्तावेजमाथि छलफल भोलिदेखि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न

गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती

‘सानी डाली घँगारुकी, मुसुरदानी ।ठुम्के चरो बास ।।म बाबाका माइत

दोधारा-चाँदनीका बाढीपीडित भन्छन्- राहत होइन तटबन्ध चाहियो

दोधारा चाँदनी– यहाँको दोधारा–चाँदनीका बाढीपीडितले सरकारसँग राहतको सट्टा स्थायी तटबन्धको