गोधरा रेल घटनाका दिवंगत कारसेवकको परिवारलाई पनि अयोध्यामा हुने प्राण प्रतिष्ठाको निम्तो « Khabarhub

गोधरा रेल घटनाका दिवंगत कारसेवकको परिवारलाई पनि अयोध्यामा हुने प्राण प्रतिष्ठाको निम्तो


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

अयोध्या- भारतमा २००२ मा भएको गोधरा रेल घटनाका दिवंगत कारसेवकहरूको परिवारजनलाई पनि अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा निम्तो दिइएको छ ।

तीर्थ क्षेत्र ट्रस्टले दिवंगत कारसेवकको परिवारलाई अयोध्या आउने जाने सम्पूर्ण व्यवस्था गरेको छ । उनीहरुलाई विशिष्ट अतिथिको रूपमा बोलाइएको ट्रस्टले जनाएको छ। राम मन्दिरको प्राण प्रतिष्ठा समारोह भोलि सोमबार आयोजना हुँदैछ ।

२७ फरवरी २००२ मा साबरमती एक्सप्रेसमा अयोध्याबाट फर्किएका कारसेवकहरू चढेको रेलको बोगीमा आगजनी भएपछि ५९ जना कारसेवकहरूको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ३९ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक