न्यूजिल्याण्डविरुद्ध संकटमा नेपाल, ९० रन बनाएर आउट भए अर्जुन कुमाल « Khabarhub

न्यूजिल्याण्डविरुद्ध संकटमा नेपाल, ९० रन बनाएर आउट भए अर्जुन कुमाल


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी यू–१९ विश्वकप अन्तरगत न्युजिल्यान्डविरुद्धको खेलमा नेपालका ओपनर अर्जुन कुमाल ९० रन बनाएर आउट भएका छन् । एक सय चार बलको सामना गरेका अर्जुनले १२ चौकाको मदतमा ९० रन बनाएका हुन् ।

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३८ ओभरको खेल सकिँदा आठ विकेट गुमाएर एक सय ८३ रन बनाएको छ ।

नेपाल अर्जुन कुमाल, गुल्शन झा, कप्तान देव खनालसहित ८ ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको छ ।कप्तान खनाल ३६ रन बनाएर आउट भए भने गुलशन झा र आकाश त्रिपाठी २–२ रनमा आउट भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय २ रन बनाएको थियो  ।न्युजिल्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै, कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भए ।

त्यसैगरी, नेपाली बलर सुबास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट तथा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ०० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज