आर्मीविरुद्ध पुलिस विजयी « Khabarhub

आर्मीविरुद्ध पुलिस विजयी


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – भैरहवामा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ ।

भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिसले ३१ दशमलव चार ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ४० रन बनायो । उसका लागि ओपनर सुनिल धमलाले ५२ रन बनाउनुभयो । यस्तै आरिफ शेखले १८ रन बनाए ।

पहिलो पारीमा आर्मीका लागि सोमपाल कामीले ६ ओभरमा तीन मेडेनसहित मात्र १२ रन खर्चिएका थिए। यस क्रममा उनले चार विकेट लिनुभयो । यसैगरी, साहब आलम र विवके यादवले समान दुई÷दुई विकेट लिए ।

एक सय ४१ रनको लक्ष्य लिएको आर्मीका लागि पनि सुरुआत राम्रो भएन । प्रारम्भिक तीनजना ब्याटर शून्य रनमै आउट भएपछि आर्मी दबाबमा परेको थियो । तर भीम सार्की र कुशल मल्लले उत्कृष्ट ब्याटिङले टोलीलाई बलियो स्थितिमा पुगेको थियो । भीमले ७६ बल खेल्दै ६ चौकाको सहयोगमा ५२ रन हान्दा कुशल मल्लले ४८ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३५ रन बताए ।

कुशल र भीमको जोडी टुटेपछि भने पुलिसलाई जित सहज बन्यो । आर्मीका लागि विनोद भण्डारी १९ रन बनाए भने अन्य ब्याटरले दोहोर अङ्क बनाउन सकेनन् । आर्मी ३३ ओभरमा अलआउट हुँदै एक सय २७ रनमा समेटियो ।

दुवै टोलीमा राष्ट्रिय खेलाडी धेरै रहेकाले आजको खेल हेर्न सिद्धार्थ क्रिकेट रङ्गशालामा दर्शकको घुइँचो लागेको थियो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ३१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब