मधुमेह : यसको कारण र समाधान | Khabarhub Khabarhub

मधुमेह : यसको कारण र समाधान


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

शक्तिका लागि मानिसलाई सुगर मिश्रित कार्बोहाइड्रेटको आवश्यकता पर्छ । तर हामीले खरिद गर्ने धेरै पदार्थमा थप सुगर मिसिएको हुन्छ । जसका कारण हामी मधुमेहको सिकार हुन्छौँ ।

सुगर कार्बोहाइड्रेटको एउटा स्वरूप हो । शरीरले कार्बोहाइड्रेटलाई सुगरमा टुक्र्याउने काम गर्छ । सुगर धेरै किसिमका हुन्छन् । जुन मोलीक्यु अनुसार फरक हुन्छन् ।

मोनोसाकाराइड एक मोलीक्यु सुगर हो । यो सुगरको सामान्य स्वरूप हो । यसमा तीन किसिममा सुगर हुन्छन् । ग्लुकोज, दूधमा पाइने गालाक्टोज र फलफूलमा पाइने फ्रुक्टोज यसका विभिन्न शैली हुन् ।

पेय पदार्थमा राखिएको चिनी तथा अन्य पकाइएको खाने कुरामा राखिएको थप चिनीले नै हामीलाई धेरै असर गर्ने गर्छ ।

डिस्काराइड अथवा पोलीसाकाराइड दुई मोलीक्युको सुगर हो । टेबलमा थपिने सुगर नै यही हो । ल्याकटोजस्टार्कमा पनि यो पाइन्छ । यो सामान्य गेडागुडी र जरामा रहेको हुन्छ ।

हाम्रो शरीरले कार्बोहाइड्रेटबाट  सुगर झिक्छ । यो ग्लुकोजको रूपमा हाम्रो रगतको नसामा प्रवेश गर्छ र शक्तिको श्रोतको रूपमा काम गर्छ । ग्लुकोज, फ्रक्टोजल्याकटोज सामान्यतया खानेकुरा  पेय पदार्थमा हुन्छ । थप सुगर जुन कृत्रिम रूपमा राखिएको हुन्छ, त्यसले नै शरीरलाई धेरै असर गर्ने गर्छ ।

पेय पदार्थमा राखिएको चिनी तथा अन्य पकाइएको खाने कुरामा राखिएको थप चिनीले नै हामीलाई धेरै असर गर्ने गर्छ । कुनै खाने कुरामा एकदमै धेरै फ्राम्टोज हुन सक्छ ? जस्तो मकैमा यो अत्यधिक हुन सक्छ ।

हाम्रो शरीरमा राम्रोसँग काम गर्नका लागि इन्सुलिनको आवश्यक हुन्छ । यदि हाम्रो शरीरमा कम मात्रामा इन्सुलिन उत्पादन भयो भने यसैले मधुमेह गराउँछ ।

सुगर बढी भएमा यी खानेकुरामा सावधानी अपनाउन जरुरी हुन्छ । चिनी, मकैको झोल, हाइ फ्राक्टोज मकैको झोल, खैरो सुगर, धेरै किसिमका फलफूलका जुस, मह गहुँ, मेपलको झोल, इन्भर्ट सुगर, माल्ट सुगर, ग्लुकोज, फेक्ट्रोज  डेक्ट्रोज लगायत कुरामा सतर्क हुन जरुरी हुन्छ ।

कार्बोहाइड्रेट मार्फत पाइने शक्तिको स्वरूप हाम्रो शरीरको लागि अत्यन्त आवश्यक हुन्छ । मस्तिष्क, रगतको नसा र रक्त कोसीकाका लागि यो अत्यन्त आवश्यक हुन्छ ।

हाम्रो शरीरमा सुगरको मात्रा बढेमा आफैँ इन्सुलिन उत्पादन हुन्छ भने सुगरको मात्रा घटेमा हार्मोनको मात्रा घट्दै जान्छ । हाम्रो शरीरमा राम्रोसँग काम गर्नका लागि इन्सुलिनको आवश्यक हुन्छ । यदि हाम्रो शरीरमा कम मात्रामा इन्सुलिन उत्पादन भयो भने यसैले मधुमेह गराउँछ ।

अमेरिकी मुटु एसोसिएसनका अनुसार शरीर चल्नका लागि खानेकुराबाट प्राप्त सुगर भन्दा बाहेक थप अतिरिक्त सुगरको आवश्यकता हुँदैन । विभिन्न खाने कुराबाट पाउने सुगर र कार्बोहाइड्रेटको मात्रा भने शरीरका लागि अति आवश्यक हुन्छ ।

उदाहरणका लागि फ्राक्टोजमा धेरै भिटामिन, फाइबर र खनिज उपलब्ध भएको हुन्छ । धेरै खाद्य पदार्थमा भने थप चिनी राखिएको हुन्छ । उदाहरणका लागि सोडा, चकलेट र अन्य पदार्थहरू ।

चिनी राखिएको पेय पदार्थ नै शरीरमा आवश्यक नभएको थप सुगरको मुख्य श्रोत बन्ने गरेका छन् ।

वयस्क तथा एक वर्ष भन्दा माथिका बच्चाका लागि दैनिक १ सय ३० ग्राम कार्बोहाइड्रेट आवश्यक हुन्छ । ४५ देखि ६५ प्रतिशत क्यालोरी कार्बोहाइड्रेटबाट नै प्राप्त हुन्छ । कार्बोहाइड्रेटले शरीरमा सुगर मात्र नभएर अन्य धेरै कुरा आदानप्रदान गर्छ । धेरै किसिमका फलफूल, खाद्य पदार्थ र तरकारी खानु दैनिक रूपमा धेरै आवश्यक कुरा पुरा गर्नु हो ।

अमेरिकास्थित हेल्थ एन्ड ह्युमन सर्भिसले जनाए अनुसार प्राकृतिक रूपमा लिइने भन्दा थप सुगरको मात्रा १० प्रतिशत या त्यो भन्दा कम हुन आवश्यक छ ।

यसरी थप सुगर पुरुषका लागि ३६ ग्राम अथवा नौ चिया चम्चा भन्दा बढी हुनु हुँदैन । २५ ग्राम अथवा ६ चिया चम्चा भन्दा बढी महिलाका लागि हुनु हुँदैन । २ देखि १८ वर्षका बच्चाका लागि दैनिक २५ ग्राम भन्दा बढी हुनु हुँदैन ।

अमेरिकामा त यो समस्या अत्यधिक छ । त्यहाँ ७७ ग्राम दैनिक थप सुगर प्रयोग गरिएको हुन्छ । बच्चाले त दैनिक ८१ ग्रामसम्मको प्रयोग गर्ने गरेका छन् । संसारका अन्य धेरै देशमा पनि धेरै सुगरको प्रयोग हुने गरेको छ ।

दाँतमा समस्या आउनु, पोल्नु, छालामा समस्या आउनु, धेरै भोक लाग्ने, धेरै मोटाउनु या धेरै दुब्लाउनु तथा अल्छी लाग्नु धेरै ग्लुकोजको असर हो ।

चिनी राखिएको पेय पदार्थ नै शरीरमा आवश्यक नभएको थप सुगरको मुख्य श्रोत बन्ने गरेका छन् । यस्ता ४७ प्रतिशत अनावश्यक सुगर खासमा हामीले डाइटको रूपमा प्रयोग गर्ने पदार्थमै हुन्छन् । हलुका पेय पदार्थ, जुस, इनर्जी ड्रिङ्क तथा चिया र कफीमा यस्ता पदार्थ हुने गरेका छन् । स्न्याकमा यो मात्रा अझ धेरै हुन्छ  ।

हामीले प्रयोग गर्ने डाइटमा यस्ता अनावश्यक सुगरको मात्र अझ धेरै हुन्छ । यसरी शरीरमा सुगरको मात्रा बढेमा डाइबेटीज, मुटुको रोग, कोलोन क्यान्सर, प्यानक्रियाटिक क्यान्सर, उच्च रक्तचाप, हाइ कोलेस्ट्रोल, मिर्गौलाको समस्या, कलेजोको रोग आँखाको दृश्य नास तथा मांसपेशी तथा नसाको समस्या हुन सक्छ ।

धेरै ग्लुकोजको कारण मस्तिष्कको रोग तथा डिमेन्सिया पनि हुन सक्छ । धेरै सुगरका कारण अन्य समस्या पनि थपिन सक्छन् । दाँतमा समस्या आउनु, पोल्नु, छालामा समस्या आउनु, धेरै भोक लाग्ने, धेरै मोटाउनु या धेरै दुब्लाउनु तथा अल्छी लाग्नु धेरै ग्लुकोजको असर हो ।

धेरै अध्ययनहरूले प्याक गरिएका अनावश्यक सुगरका विषयले नै शरीरमा धेरै समस्या उत्पन्न गरेको हुन्छ । यस्तो थप सुगरको मात्रा नै हाम्रा लागि धेरै घातक हुन सक्छ । यसका लागि सबै भन्दा उत्तम उपाय भनेको हामीले प्राकृतिक रूपमै ग्लुकोजको खोजी गर्ने हो ।

चिया र कफीमा चिनीको प्रयोग नगर्नु अर्को राम्रो उपाय हो । अहिले धेरै क्यालोरी अतिरिक्त चिनीबाट लिने चलन संसारका प्राय देशमा गम्भीर समस्या बनिरहेको छ ।

हामीले खाना पछि डिजर्टको रूपमा प्याक गरिएका खानेकुरालाई छाडेर फलफूल मात्र प्रयोग गर्न सक्छौँ । बजारबाट ल्याइएका धेरै कुरालाई घरमै बनाइएका परिकारले विस्थापित गर्नु सबै भन्दा राम्रो उपाय मानिएको छ ।

चिया र कफीमा चिनीको प्रयोग नगर्नु अर्को राम्रो उपाय हो । अहिले धेरै क्यालोरी अतिरिक्त चिनीबाट लिने चलन संसारका प्राय देशमा गम्भीर समस्या बनिरहेको छ ।

सन् २०१७ मा प्रकाशित एक तथ्याङ्कका अनुसार संसारमा वार्षिक ११ मिलियन भन्दा बढी मानिस अस्वस्थकर डाइटिङका कारण मर्ने गरेका छन् । यसरी खराब डाइटका कारण सबै भन्दा बढी असर उज्बेकिस्तानमा छ भने इजरायल सबै भन्दा कम हो । यसरी डाइटसँग सम्बन्धित धेरै समस्या सुगर र धेरै नुनिला पदार्थसँग नै जोडिएका हुन्छन् ।
श्रोत : रोयटर्स, मेडिकल न्युज टुडे

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १० : २४ बजे

सरकारी औषधि कम्पनीका महाप्रबन्धकको दु:खेसो– ‘आफैँले उत्पादन गरेको औषधि सरकारले किन्दैन’

नेपाल औषधि लिमिटेड औषधि उत्पादनका लागि सरकारले सञ्चालन गरेको संस्थान

महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

मुम्बई– महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी

प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली फोक्सोमा

गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता

गुल्मी– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको

कृषि आधुनिकीकरण परियोजनाको ‘धान जोन’ मा उत्पादन घट्यो

अत्तरिया – कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’