दुई दिने नेपाल भ्रमण सकेर आज भारत फर्किंदै सचिव मिस्री « Khabarhub

दुई दिने नेपाल भ्रमण सकेर आज भारत फर्किंदै सचिव मिस्री


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिस्री सोमबार दिल्ली फर्किंदैछन्। आइतबार बिहान काठमाडौं आइपुगेका मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दै उनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। ओली प्रधानमन्त्री बनेको १४ महिनापछि भारतले भ्रमणको औपचारिक निम्तो पठाएको हो।

आइतबार बिहान काठमाडौं ओर्लिएका मिस्रीले दिनभर उच्चस्तरीय भेटवार्ता गरे। राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहुँदै उच्चस्तरीय भेटवार्ता गरेका मिस्रीले सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ।

मिस्रीको आइतबारको व्यस्तता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार बिहान सिंहदरबारमा भेटवार्ता गरेका मिस्रीले भारत भ्रमणको औपचारिक निमन्त्रण दिएको प्रधानमन्त्रकिो निजी सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्रीसँगै विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग निवासमै पुगेर भेटवार्ता गरे। प्रचण्ड भेट्न खुमलटार पुगेका मिस्री देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए।

आइतबार साँझ उनले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग मन्त्रालयमा भेटवार्ता गरे। परराष्ट्रमन्त्रीसँगको भेटपछि सचिव मिस्रीले परराष्ट्र सचिव अमृतबहादुर राईसँग द्विपक्षीय वार्ता गरेका छन्। उनीहरुबीच द्विपक्षीय ‘कनेक्टिभिटी’, व्यापार र विकास सहयोगलगायत विस्तृत मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार सोमबार बिहान पशुपति नाथको दर्शन गरेपछि उनी स्वदेश फर्किंने छन्। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा मिस्री नेपाल भ्रमणमा आएका हुन्।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : ३६ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको