अनन्तश्री ब्रह्माण्डीय महायज्ञ बागलुङमा हुने  « Khabarhub

अनन्तश्री ब्रह्माण्डीय महायज्ञ बागलुङमा हुने 


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० फाल्गुनको ९ गतेदेखि सर्वसिद्धीधाम पञ्चकोट, बागलुङमा हुने भएको छ ।

अनन्तश्री ब्रह्माण्डीय महायज्ञ मूल समारोह समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पञ्चकोटमा फाल्गुन ९ गतेदेखि २३ गतेसम्म १५ दिवसीय महायज्ञ आयोजना गरिएको जानकारी दिएको हो ।

महायज्ञको २५ फिट अग्लो धान्यामौलोमा २१ हजार ५ सय ५५ जना श्रद्धालु भक्तजनहरूबाट २१ हजार ५ सय ५५ क्विन्टल धान अर्पण गरी धान्याचल हुने आयोजकले जनाएको छ ।

त्यस्तै महायज्ञका क्रममा राष्ट्रसम्मुनती, विश्वशान्ति र वैयक्तिक कार्य सिद्धिको सङ्कल्पका विभिन्न कार्यक्रमका साथै सम्मेलनको आयोजना हुने स्वामी कमल नयनाचार्यले जानकारी दिए ।

ब्रह्माण्डका समस्या देवी देवता नदी तीर्थहरूलाई कलशमा आह्वान गरी पूजा आराधना गरिने भएका कारण महायज्ञलाई अनन्तश्री ब्रह्माण्डीय भनिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ५२ बजे

महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र

कञ्चनपुर– सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ

पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा