रमिता पनि कति हेर्नु ! सामाजिक सञ्जालमा तस्वीर बन्यो भाइरल « Khabarhub

रमिता पनि कति हेर्नु ! सामाजिक सञ्जालमा तस्वीर बन्यो भाइरल


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बनेको छ । पोखर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमको उक्त तस्वीर भाइरल बनेको हो ।

कार्यक्रमको व्यानर टागिएको छ– ‘महिला उद्यमी भेला’ । गत शुक्रबार भएको कार्यक्रममा मञ्चमा आसिन व्यक्तित्वहरुले पछाडि टाँगिएको ब्यानरको खिल्ली उडाएका छन् ।

जहाँ एउटा पनि महिला देखिएकी छैनन्, तस्वीरमा देखिएका ८ जना मध्ये एक जनाले कार्यक्रम सञ्चालन गरिरहेका छन् अरु मञ्चमा आसिन ।

महिला उद्यमी भेलामा पुरुष सहभागी हुनुहुँदैन भन्ने होइन । तर एउटा पनि महिला नदेखिनु चाहि लाजमर्दो विषय नै हो । यही विषयलाई लिएर सामाजिक सञ्जालमा मञ्चमा आसिन व्यक्तित्वहरुको खिल्ली उडाइएको छ ।

कसैले रमिता पनि कति हेर्नु लेखेका छन् भने केहीले एक दिने सुत्केरी, मेयर आफै डोजर चलाउने यस्ता महिला उद्यमी यही पोखरामा हुँदा रहेछन् लेखेका छन् ।

त्यस्तै केहीले यी सवै महिला उद्यमीहरुलाई शुभकामनासम्म लेखेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ७ : १५ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार