अफ्रिकन कपबाट बाहिरियो घाना « Khabarhub

अफ्रिकन कपबाट बाहिरियो घाना


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घाना अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ । गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा घाना मोजाम्बेकसँग २–२ गोलको बराबरीमा रोकिएपछि घाना प्रतियोगिताबाट बाहिरिएको हो ।

समुह ‘बी’ मा रहेको घाना यो बराबरीपछि ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

चार पटक अफ्रिकन कप जितेको घाना यस प्रतियोगितामा पहिलो खेलमा केप भेर्डेसँग २–१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा इजिप्टसँग बराबरीमा रोकिएको थियो ।

अफ्रिकन कपमा समूह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया तथा केप भेर्डे र इजिप्ट दोस्रो चरणमा पुगेका छन् ।

तेस्रो स्थानमा रहेका शीर्ष चार देश दोस्रो चरणमा पुग्ने छन् । आयोजक आइभरी कोष्ट समूह ‘ए’ बाट ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ भने दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै छ ।

त्यस्तै, समूह ‘ए’ बाट गिनी बिसाउ तथा समूह ‘बी’ बाट घाना र मोजाम्बेक प्रतियोगिताबाट बाहिरिएका छन् ।

      

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : १३ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६