राष्ट्रियसभा निर्वाचनमा आजदेखि मौन अवधि, प्रचारप्रसार गर्न नपाइने « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा आजदेखि मौन अवधि, प्रचारप्रसार गर्न नपाइने


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार गएराति १२ बजेबाट मतदान नसकिँदासम्म मौन अवधि लागू हुनेछ ।

मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ ।

आयोगले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा आदानप्रदान गर्न वा गराउन नहुने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

यस्तै, सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न निषेध गरिएको छ ।

निर्वाचन आयोगले फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रियसभाका २० मध्ये १९ सिटका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ ।

एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । निर्वाचनका सात प्रदेशबाट विभिन्न दलका ५१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ५१ बजे

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण

धवल शमशेरलाई राप्रपामै फर्किन अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा

वैवाहिक बलात्कार अभियोगमा न्यायाधीश गिरीलाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको अभियोगबाट जिल्ला न्यायाधीश भुवन

‘पूर्णबहादुर खड्काले सदस्यता नवीकरण नगरे अवकाश पाएको बुझ्नुपर्छ’

काठमाडौं- नेपाली कांग्रेसभित्रको घरझगडा अझै साम्य भइसकेको छैन । सर्वोच्च

रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि