प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदै


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज एपीएफ र त्रिभुवन आर्मी, बागमती र गण्डकी प्रदेश तथा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

जसअन्तर्गत एपीएफ र आर्मीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा एपीएफ चार खेलबाट ४ अंक जोडेर छैटौँ स्थानमा रहेको छ भने समान खेलबाट ४ अङ्क नै रहेको आर्मी पाँचौँ स्थानमा छ ।

यस्तै, बागमती प्रदेश र गण्डकी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे हुनेछ । प्रतियोगितामा ६ खेलबाट ८ अंक बनाएको बागमती तालिकाको दोस्रो स्थानमा रहेको छ । चार खेल खेलेको गण्डकी २ अंकका साथ आठौँ स्थानमा छ ।

यसैगरी, काठमाडौँको मूलपानी क्रिकेट मैदानमा कर्णाली र कोशी प्रदेश भिड्ने छन् । यी दुई टोलीबीचको खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।

अहिलेसम्म ५ खेलबाट ४ अंक जोडेको कर्णाली प्रदेश सातौँ स्थानमा छ भने ६ खेल खेलेको कोशी प्रदेश अंक विहीन रहँदै पुछारमा छ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा सात प्रदेशसहित १० टोली सहभागी छन् ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : २८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना