प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदै


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज एपीएफ र त्रिभुवन आर्मी, बागमती र गण्डकी प्रदेश तथा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

जसअन्तर्गत एपीएफ र आर्मीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा एपीएफ चार खेलबाट ४ अंक जोडेर छैटौँ स्थानमा रहेको छ भने समान खेलबाट ४ अङ्क नै रहेको आर्मी पाँचौँ स्थानमा छ ।

यस्तै, बागमती प्रदेश र गण्डकी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे हुनेछ । प्रतियोगितामा ६ खेलबाट ८ अंक बनाएको बागमती तालिकाको दोस्रो स्थानमा रहेको छ । चार खेल खेलेको गण्डकी २ अंकका साथ आठौँ स्थानमा छ ।

यसैगरी, काठमाडौँको मूलपानी क्रिकेट मैदानमा कर्णाली र कोशी प्रदेश भिड्ने छन् । यी दुई टोलीबीचको खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।

अहिलेसम्म ५ खेलबाट ४ अंक जोडेको कर्णाली प्रदेश सातौँ स्थानमा छ भने ६ खेल खेलेको कोशी प्रदेश अंक विहीन रहँदै पुछारमा छ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा सात प्रदेशसहित १० टोली सहभागी छन् ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : २८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको