बीपीका ३१ प्राध्यापकले लेखे प्रधानमन्त्रीलाई पत्र | Khabarhub Khabarhub

बीपीका ३१ प्राध्यापकले लेखे प्रधानमन्त्रीलाई पत्र


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ३१ जना प्राध्यापकले कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र लेख्दै लामो समयदेखि रोकिएको पदोन्नति प्रक्रियाको अन्तवार्ता सुरु गरेर समस्या समाधान गर्न अनुरोध गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीलाई लेखिएको पत्रमा गत ०७९ पुस २० र ०७९ माघ १० मा प्रकाशित विज्ञापनको प्रक्रिया अगाडि बढाउने क्रममा प्रतिष्ठानले सुरु गरेको अन्तर्वार्ता नरोक्न भनिएको छ ।

अन्तर्वार्ता बीचैमा रोकिएपछि शिक्षक चिकित्सक र कर्मचारीको भद्र अवज्ञाले अस्पतालको सम्पूर्ण सेवा अवरुद्ध भएको जानकारी गराउँदै पत्रमा भनिएको छ, ‘विगत १० दिनदेखि हजारौं विरामीहरु उपचारबाट बन्चित भएको, सयौं विद्यार्थीको पठनपाठन ठप्प भएको र प्रतिष्ठान उठ्नै नसक्ने गरी धरासायी बन्न थालेको परिस्थिति छ । यस्तो विषम परिस्थिति निरन्तर रहेमा प्रतिष्ठानको अस्तित्वमा नै आँच आउन सक्ने हाम्रो ठम्याइ छ ।’

प्राध्यापकहरुले शिक्षक कर्मचारीहरुको अवरुद्ध अन्तर्वार्ता प्रक्रिया तत्काल अघि बढाउन स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानका पदाधिकारीहरुलाई निर्देशित गरी कार्यान्वयन गराइदिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।

हेर्नुहोस् पत्र

याे पनि…

भाँडियो वीपी प्रतिष्ठानको बैठक, मन्त्री र उपकुलपतिको राजीनामा माग

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ५९ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन