साउदी अरबका युवराज पाकिस्तानमा | Khabarhub Khabarhub

साउदी अरबका युवराज पाकिस्तानमा


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कश्मीरका विषयलाई लिएर भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा साउदी अरबका युवराज मोहम्मद बिन सलमान पाकिस्तानको भ्रमणमा निस्केका छन् ।

सन् २०१७ मा साउदी युवराजको जिम्मेवारी बहन गरेपछि बिन सलमानको यो पहिलो पाकिस्तान भ्रमण हो ।  पाकिस्तानी प्रधानमन्त्री इमरान खानको विशेष निमन्त्रणमा विन सलमान पाकिस्तान भ्रमणमा आएका हुन् । रावलपिण्डीको नूर खान विमानस्थलमा स्वागत गरिसकेपछि मोहम्मद विन सलमानलाई पाकिस्तानको प्रधामन्त्री कार्यालयमा सम्मान गारत दिइने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

उनको भ्रमणदलमा साउदी अरबका उच्चस्तरीय मन्त्रीहरु, धनाढ्य व्यावसायीहरुलगायतको सहभागिता रहेको जनाइएको छ । यो भ्रमणका क्रममा साउदी अरब र पाकिस्तानबीच २१ अर्ब डलर बराबरको व्यापार सम्झौता हुने जनाइएको छ ।

पाकिस्तानले यो भ्रमणलाई ऐतिहासिक भ्रमणको संज्ञा दिएको छ । विन सलमानको यो भ्रमणबाट पाकिस्तानले ओरालो लाग्दै गएको अर्थतन्त्रलाई माथि उकास्ने उद्देश्य लिएको विश्लेषण गरिएको छ ।

विन सलमानको भ्रमणलाई पाकिस्तानको सरकारले मात्र नभई पाकिस्तानका विपक्षी दलका नेताहरुले पनि स्वागत गरेका छन् । पाकिस्तानको विपक्षी दलहरु पाकिस्तान मुस्लिम लिग–नवाज तथा पाकिस्तान पिपुल्स पार्टीका नेताहरुले साउदी युवराजको भ्रमणको स्वागत गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि मोहम्मद विन सलमान शनिबार इस्लामावाद पुग्ने कार्यक्रम भएपनि नखुलाइएको कारणले गर्दा विन सलमान एक दिन ढिलो भएको हो । विन सलमानको भ्रमणका लागि पाकिस्तानले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

भारत प्रशासित कश्मीरको पुलावामामा ४० भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आक्रमणपछि पाकिस्तानलाई अलग्याउने भनी भारतले गरेको घोषणालगत्तै मोहम्मद बिन सलमान पाकिस्तान पुगेका हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ५ : ०३ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार