नेपालको चार विकेट गयो, कप्तान देव र उत्तम आउट « Khabarhub

नेपालको चार विकेट गयो, कप्तान देव र उत्तम आउट


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेलेको नेपालले चौथो विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान देव खनाल २३ रनमा र उत्तम मगर ४ रनमा आउट भएका हुन ।

देवले ओपनिङ ब्याटर विपिन रावलसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे ।

यसअघि नेपालका ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाल ६ रन बनाएर आउट हुँदा आकास त्रिपाठी पनि ६ रनमा नै आउट भएका थिए ।

दुवै ब्याटरलाई पाकिस्तानका अहमेद हुसेनले आउट गरे ।  अर्जुनले न्युजिल्यान्डविरुद्धको खेलमा ९० रन बनाएका थिए ।

आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ । आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ३१ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक