भारतीय पत्रकार रवीस कुमारले पाए रामोन म्यागसेसे पुरस्कार « Khabarhub

भारतीय पत्रकार रवीस कुमारले पाए रामोन म्यागसेसे पुरस्कार


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका चर्चित पत्रकार रवीस कुमारले सन् २०१९ को प्रतिष्ठित रामोन म्यागसेसे पुरस्कारबाट सम्मानित भएका छन् ।

पत्रकार रवीस कुमारले एसियामा साहसिक तथा परिवर्तनकारी नेतृत्व निभाएको उल्लेख गर्दै उनले उक्त पुरस्कार प्रदान गरिएको हो ।

रामोन म्यागसेसे पुरस्कार फाउन्डेसनका अनुसार रवीस कुमारले पत्रकारिताको माध्यमबाट आवाजविहीनहरुको अवाजलाई मुलधारमा ल्याउने प्रयत्न गरेका छन् । जसका कारण उनलाई उक्त पुरस्कार प्रदान गरिन लागिएको हो ।

पत्रकार रवीस कुमार भारतीय टेलिभिजन च्यानल एनडीटीभीका म्यानेजिङ इडिटर हुन् ।

रवीस कुमारका अतिरिक्त २०१९ को रामोन म्यागसेसे अवार्डबाट म्यानमारका को स्वी विन, थाइल्याण्डकी अंगखाना नीलापाइजित, फिलिपिन्सका रेमुण्डो पुजान्ते र दक्षिण कोरियाका किम जोङ–की सम्मानित भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ११ : ३१ बजे

मकैको खोस्टा उपयोगका लागि तालिम

तनहुँ– केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा

एसिसी प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको चुनौती

काठमाडौँ– मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपको पहिलो खेलमा

दलित पत्रकार सङ्घको अध्यक्षमा गोपाल बराइली निर्वाचित

काठमाडौँ– राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा रेडियो धनकुटाका व्यवस्थापक

साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा आज बंगलादेश भिड्दै नेपाल

काठमाडौँ – साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपालले बंगलादेशको

आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’

खोटाङ– नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक