राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा | Khabarhub Khabarhub

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ ।

यसै क्रममा कोशी प्रदेशमा मतदानस्थल लगायत सम्पूर्ण प्रक्रिया र तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदानस्थलमा दुई वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको बताए । त्यसैगरी, मतदान सकिएपछि मतगणना गरिने उनले बताए । कोशी प्रदेशमा एक महिला र एक अन्य गरि २ पदका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७४ गरी ३६७ जना मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतदभार १९ रहेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : २० बजे

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : गगन थापा

पाटन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका

महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौं– दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल

विकास बोर्डको आग्रह : ‘पशुपति प्रसाद २’भन्दा बढी व्यापार गर्नेले निवेदन दिनू

काठमाडौं – चलचित्र विकास बोर्डले बितेका २५ वर्षमा प्रदर्शनमा आएर

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पदसँगै ७० वर्षे