सरस्वतीको मूर्ति बनाउन मूर्तिकारको व्यस्तता « Khabarhub

सरस्वतीको मूर्ति बनाउन मूर्तिकारको व्यस्तता


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

इनरुवा- सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेका बेला सुनसरीमा सरस्वती मूर्तिको कारोबारमा वृद्धि भएको छ । माटोको कलात्मक सरस्वतीको प्रतीक राखेर निजी तथा सामुदायिक शैक्षिक संस्था तथा स्थानीयले पूजाअर्चना गर्ने भएपछि मूर्तिको माग बढेको हो ।

जिल्लामा सरस्वती पूजा नजिक आएसँगै मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । यहाँका मूर्तिकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ भने मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए । यहाँका विद्यार्थी र शिक्षकले मनाउने विशेष उत्सवका रुपमा सरस्वती पूजा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो ।

सरस्वती पूजालाई लक्षित गरेर इनरुवाका मूर्तिकारले हजारौँ मूर्ति निर्माण गरेका छन् । मूर्तिकारले रु दुई हजारदेखि २५ हजारसम्मका कलात्मक मूर्ति बनाएर बिक्री गर्ने तयारीमा रहेको मूर्तिकार राजकुमार यादवले बताए । इनरुवाका एक जना मूर्तिकारले मात्रै तीन जना सहयोगीको साथमा एक सय एक वटा सरस्वतीको मूर्ति निर्माण गरेका छन् । उनले तयार पारेका मूर्तिमध्ये ७५ वटा मूर्ति बिक्री भइसकेको छ ।

सुनसरीमा १० हजारको सङ्ख्यामा सरस्वतीको मूर्ति निर्माण र खरिद बिक्री हुने गरेको छ । मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताएका छन् । यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

यसरी मूर्तिकारले गरेको कामलाई संरक्षण गर्नसके मूर्तिकार विभिन्न समस्या र चुनौतीको सामना गरेर निर्माण गरेको मूर्तिको उचित मूल्य पाउनुमा कुनै दुई मत देखिँदैन । त्यसैले सरकारले समेत मूर्तिकारलाई समय समयमा तालिम प्रदान गर्नु जरुरी रहेको स्थानीय मूर्तिकारको भनाइ छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : ५३ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८