मुइज्जुको कदमले मालदिभ्स एक्लो पर्ने जोखिम बढ्दै « Khabarhub

मुइज्जुको कदमले मालदिभ्स एक्लो पर्ने जोखिम बढ्दै


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मालदिभ्सको विकट भिलिङ्गिली टापुमा १३ वर्षीय बालकको दुःखद निधन भयो । ब्रेन ट्युमरबाट पीडित १३ वर्षीय बालक मोहम्मद जाह खालिदको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई एअर एम्बुलेन्सबाट उद्धार गरी राजधानी माले लैजाने तयारी गरिएको थियो । उनको परिवारले पनि एअर एम्बुलेन्सका लागि आग्रह गरेका थिए ।

तर, जहाजमा प्राविधिक गडबडी देखियो । भारतले प्रदान गरेको जहाजबाट पनि उद्धार हुनसक्थ्यो, तर, त्यहाँका राष्ट्रपति मोहम्मद मुइज्जुले भारतले दिएका एअर एम्बुलेन्सको प्रयोगमा बन्देज लगाएका कारण ती बालकले समयमै उपचार पाएनन् र दुःखद निधन भयो । यस घटनाले भारतविरोधी मुइज्जु सरकारको निर्णयमाथि नै प्रश्न उब्जाएको छ ।

मुइज्जुको यस्तै भारतविरोधी भाष्यका कारण दुई मुलुकबीचको सम्बन्ध निकै चिसिएको छ । मुइज्जुले मुलुकमा रहेका भारतीय सुरक्षाकर्मी तत्काल बाहिरिनुपर्ने माग राखेर चुनाव लडेका थिए ।

मुइज्जुको कार्यकालमा भारत र मालदिभ्सबीचको कूटनीतिक सम्बन्ध थप बिग्रिने धेरैको बुझाइ छ । मुइज्जु चीनपरस्त नेता मानिन्छन् । चीनबाट प्राप्त हुने आर्थिक लाभमात्रै हेर्ने गरेको भन्दै आलोचना खेप्दै आएका मुइज्जुको पालामा मालदिभ्स पनि चिनियाँ ऋणको पासोमा पर्ने आँकलन पनि हुँदै आएको छ ।

मालदिभ्सले भारतीय सुरक्षाकर्मीलाई आफ्नो मुलुकबाट बाहिरिनका लागि मार्च १५ सम्मको म्याद दिएको छ । यसबाट दुई मुलुकबीच तनावमात्रै बढेको छैन, कूटनीतिक सम्बन्ध पनि चिसिएर गएको छ ।

भारतले यस समस्याको समाधान गर्न दुबै मुलुकका सदस्य सम्मिलित उच्चस्तरीय समिति बनउने बताएको छ । भारतीय सेनालाई आफ्नो देशबाट निकाल्ने मिति हठात् घोषणा गर्ने र स्वास्थ्य संकटका बेला पनि आफ्नो मुलुकमा रहेका भारतीय हेलिकोप्टरको प्रयोग गर्न अस्वीकार गर्ने कदमले मुइज्जुको सरकार आफ्ना जनताको सेवा गर्नभन्दा पनि सस्तो राजनीतिक बाजी जित्न अग्रसर रहेको प्रष्ट हुन्छ ।

मुइज्जुको चीनपरस्त नीति र ‘भारत बाहिर’ अभियानबाट यस क्षेत्रमा अस्थीरता निम्तिने जोखिम बढेर गएको छ । यस क्षेत्रमा चिनियाँ प्रभाव र मालदिभ्सको रणनीतिक संलग्नताले भारत र मालदिभ्सबीच कायम ऐतिहासिक सम्बन्धमात्रै बिगारेको छैन, यस क्षेत्रको भू राजनीतिक सन्तुलनलाई प्रभावित बनाउनसक्छ ।

अन्तर्राष्ट्रिय समुदाय खासगरी भारतले मुइज्जुको मागलाई निकै चासोपूर्वक हेरेको छ । यद्यपि मुइज्जु सरकारलाई कुनै किसिमको कूटनीतिक चिन्ताले सताएको छैन । यसबाट मालदिभ्स थप एक्लिने जोखिम पनि बढ्दै गएको छ ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १२ : ०४ बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५