मधेश बन्द गराउँदै हिँडेका आम जनता पार्टीका नेता–कार्यकर्ता पक्राउ « Khabarhub

मधेश बन्द गराउँदै हिँडेका आम जनता पार्टीका नेता–कार्यकर्ता पक्राउ


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेश प्रदेशका विभिन्न जिल्लामा बन्द गराउँदै हिँडेका प्रभु शाह नेतृत्वको आम जनता पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले जनकपुर, रौतहट, बारालगायत विभिन्न स्थानबाट  बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ५० भन्दा बढी कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले जनकपुरको रामानन्दचाेकबाट पार्टीका उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता एवं आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साह लगायतलाई पक्राउ गरी धनुषा प्रहरी कार्यालयमा राखेको छ ।

यस्तै, रौतहट जिल्ला इन्चार्ज त्रिभुवन साह र आम मुस्लिम मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मंसूरी लगायत दर्जनौँ प्रदर्शनकारीलाई नियन्त्रण लिएर चपूर प्रहरीमा राखिएको छ ।

सवारी आवागमनमा अवरोध गर्ने, गाडीमा तोडफोड जस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आम जनता पार्टीले आज बन्द आह्वान गरेको थियो।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ११ : १७ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई