आइफोनको पैसा तिरेर अनलाइन सपिङ गर्दा घर आइपुग्यो साबुन ! | Khabarhub Khabarhub

आइफोनको पैसा तिरेर अनलाइन सपिङ गर्दा घर आइपुग्यो साबुन !


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अनलाइन सपिङले राम्रो बजार पाएको छ । व्यस्त जीवनशैलीका कारण मानिसले अनलाईन अर्डर गरेर सामान मगाउने गरेका छन् । त्यतिमात्र होइन बजारमा हुने भीडभाडबाट बच्नका लागि पनि यो उपाय राम्रो देखिएको छ । तपाईले पनि बेलाबेलामा अनलाइन सपिङ गर्ने गर्नु भएको होला ? विचार गर्नुस् ५५ हजार तिरेर आइफोन अर्डर गर्दा घरमा साबुन आइपुगेको यो घटना जस्तै हुन पुग्ला !

घरमै बसेर अर्डर गर्दा सामान आउने भएपछि गमी, धुवाँ धुलो सहेर बजार जान पनि परेन । तर कहिलेकाही यस्तो अर्डरले समस्या पनि निम्त्याउने गरेको छ ।

एक जना व्यक्तिले घरमै बसेर अनलाइनमार्फत आइफोन अर्डर गरेका थिए । तर उनको घरमा आइफोनको सट्टा लुगाधुने साबुन आइपुग्यो । तर उनले उक्त साबुनको पैसा भने आइफोनकै मूल्यबराबर तिरे ।

सुन्दा तपाई अचम्ममा पर्नुभयो होला तर यो समाचार नेपालको भने होइन । यो घटना छिमेकी मुलुक भारतको हो जहाँ एक जना व्यक्तिले अनलाइन सपिङ मार्फत आइफोन मगाएका थिए । घरमा सामान पनि आयो र उनले पैसा पनि तिरे । ५५ हजार रुपैयाँ अनलाईनमार्फत तिरेका उनको आइफोन एकाएक साबुनमा परिणत भयो ।

भारतका २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले अनलाइन शपिङ साइट फ्लिपकार्ट मार्फत् आइफोन(८ अर्डर गरेका थिए । त्यसको लागि पैसा पनि अनलाइनमार्फत् नै भुक्तानी गरे । तर, घरमा आइदियो आइफोनको सट्टा लुगा धुने साबुन ।

आइफोन खरिद गर्ने तबरेज मेहबुब नाग्रलीका अनुसार उनले आईफोन ८ को लागि ५५ हजार रुपैयाँ अनलाइनमार्फत् नै भुक्तानी गरेका थिए । तर घरमा भने लुगा धुने साबुन डेलिभरी भएको दाबी उनको थियो । यो केही समय अघि अर्थात जनवरीको घटना हो ।

उनले आफूलाई ठगेको भन्दै फ्लिपकार्टविरुद्ध मुम्बईको बिकुला प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १२ : ५० बजे

विदेशी भूमिमा रहेका नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्य : विज्ञहरू

काठमाडौं– मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन नेपाल

पत्रकार दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी

काठमाडौं- भिडियो समाचार बनाएकै आधारमा नेपाल प्रहरीबाट साइबर अपराधको मुद्दा

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

एजेन्सी – इन्डोनेसियाको बालीको रिसोर्ट टापुतर्फ जाँदै गरेको एउटा डुङ्गा

कुलिङ पिरियड विवाद : छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

काठमाडौं– ‘संघीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ अफ