धर्म र संस्कृति जगेर्ना गर्नुपर्छ : अर्थमन्त्री « Khabarhub

धर्म र संस्कृति जगेर्ना गर्नुपर्छ : अर्थमन्त्री


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन्। काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित तारकेश्वर महादेव मन्दिर परिसरमा आजदेखि सुरु भएको ‘विराट ज्ञान महायज्ञ’को उद्घाटन गर्दै उनले सबै मिलेर धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।

“मनमा अशान्ति पाल्नु हुँदैन, जति मनलाई शान्त बनाउने कोशिस गरिन्छ त्यति नै जीवन रमाइलो र उल्लासमय हुन्छ”, अर्थमन्त्री डा महतले भने । पछिल्लो समय युवा धर्म संस्कृतिबाट टाढा हुँदै गएको भन्दै यसलाई जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले नगरभित्रका धार्मिक तथा सांस्कृतिक मठमन्दिरका साथै पर्यटकीय स्थललाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्नका लागि महायज्ञ आयोजना गरिएको बताए । उनका अनुसार आजदेखि सुरु भएको महायज्ञ यही माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञको वाचक गुरु नारायण चतुव्र्यूह छन् । प्रत्येक दिन बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ देखि ४ बजेसम्म कथावाचन, ४ः३० बजे प्रसाद ग्रहण र बेलुका ७ देखि ११ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १० : ०९ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय