नाइजेरियामा अन्तरसाम्प्रदायिक झडपमा ५५ को मृत्यु | Khabarhub Khabarhub

नाइजेरियामा अन्तरसाम्प्रदायिक झडपमा ५५ को मृत्यु


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया – समुदायका नेताहरू र रेडक्रसको बिहीबारको रिपोर्टअनुसार नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा नयाँ हिंसा भएको एकै दिनमा ५५ जनाको मृत्यु भएको छ । त्यहाँ मुस्लिम गोठालाहरू र ईसाई कृषक समुदायबीच झडप सुरु भएको हो ।

समुदायका नेताहरूका अनुसार पठारको मङ्गू स्थानीय जिल्लामा मङ्गलबार २४ घन्टे कर्फ्यु लगाइए पनि बुधबार दिनभर भएको थप आक्रमणमा विद्यालय, पूजा स्थल र घरहरू जलाइयो र लुटपाट गरियो ।

अधिकांश ईसाई रहेको जातीय म्वाघवुल मानिसहरूको सङ्गठन म्वाघवुल विकास सङ्घले फुलानी मुस्लिम गोठालाहरूमाथि क्वाहास्लालेक गाउँमा आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा करिब ३० जनाको मृत्यु भएको छ । “अहिले हाम्रा मानिसहरूलाई ईश्वरको कृपामा छाडिएको छ र उनीहरूले आत्मरक्षामा थोरै गर्न सक्छन्”, सङ्घले भनेको छ ।

मङ्गू टाउन सेन्टर नजिकै र वरपर धेरै आक्रमण भएको छ । मुस्लिम समुदायको सङ्गठन जमाअतु नसरिल इस्लाम (जेएनआई) को स्थानीय च्याप्टरका अध्यक्ष जाफरु मुसाले थप २५ जना मारिएको सूचना दिएका छन् । “हाम्रा धेरै मानिस मारिएका छन्, हामीले २५ शव फेला पारेका छौँ, शवहरू यहाँ मस्जिदमा हामीसँग छन्”, उनले भने ।

पठार राज्यका जेएनआई सचिव सलिम मुसाले पनि भने, “अहिलेसम्म २५ मुसलमान मारिएको पुष्टि भएको छ ।” नाइजेरियाली रेडक्रसको रिपोर्टमा आक्रमणमा कूल ५५ को मृत्यु र एक सयभन्दा धेरै घाइते भएको उल्लेख छ । प्रहरी र सेनाले हालै भएका झडपहरूमा भएको मृत्युको पुष्टिका लागि गरिएको अनुरोधमा तत्काल जवाफ दिएका छैनन् ।

नाइजेरिया रेडक्रसका स्थानीय अध्यक्ष नुरुदीन हुसैनी मगजीले विस्थापितहरूका लागि मङ्गू सहरमा करिब एक हजार पाँच सय मानिसका लागि दुई वटा शिविर स्थापना गरिएको जानकारी दिए ।

पठारका गभर्नरले थप अर्को झडपपछि मङ्गलबार कर्फ्यु घोषणा गरेका थिए। अधिकारीहरूले आफ्ना गाईवस्तु लैजाने एक गोठाला र सडक प्रयोग गर्ने बासिन्दाहरूबीचको विवादका कारण झडप भएको बताएका छन् ।

नाइजेरियाका अधिकांश मुस्लिम उत्तर र मुख्यरूपमा ईसाईहरू दक्षिणको बीच विभाजन रेखामा रहेको पठार अन्तरसाम्प्रदायिक हिंसाको केन्द्र हो । यद्यपि क्रिसमसका क्रममा अधिकांश ईसाई गाउँहरूमा भएको आक्रमणमा करिब दुई सय मानिसको मृत्यु भएपछि तनाव बढेको छ ।

नाइजेरियाको उत्तरपश्चिम तथा उत्तर मध्य राज्यहरूमा झडपहरूको मुख्य कारण घुमन्ते गोठालाहरू र गाउँका किसानबीच जग्गालाई लिएर सामुदायिक तनावले भएको हो । यद्यपि जस्तालाई त्यस्तै भन्दै गरिने प्रतिशोधपूर्ण आक्रमण व्यापक आपराधिकतामा परिवर्तन भएको छ ।

स्थानीयरूपमा डाकुहरू भनेर चिनिने भारी हतियारयुक्त गिरोहले विशेषरूपमा उत्तरपश्चिमी राज्यहरूमा गाउँमाथि धावा बोल्दै लुटपाट गर्छन् र फिरौतीका लागि अपहरण गर्छन् । त्यस्ता आक्रमणबाट स्वयंलाई बचाउनका लागि ग्रामीण बासिन्दाहरू प्राय आत्मरक्षा सतर्क समूह बनाउँछन् ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको र सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा थप विदेशी लगानी आकर्षित गर्न चाहने राष्ट्रपति बोला अहमद टिनुबुले सुरक्षामा सुधार प्राथमिकतामा परेको बताएका छन्।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ११ : ०७ बजे

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी – इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको

तराई–मधेसमा खानेपानी र सिँचाइका लागि काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव

एमाले महासचिवको तर्क- लोकतन्त्र बलियो बनाउन विद्या भण्डारीलाई रोक्यौँ, सदस्यता स्वत: निष्क्रिय भइसक्यो

काठमाडौं- नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय

कसले गर्‍यो रेजर ब्लेडको अनौठो व्यापार ?

काठमाडौँ – नेपाल अधिकांश वस्तु आयात गरेर निर्वाह हुँदै आएको

जनकपुरधाममा सात वर्षपछि आन्तरिक लक्ष्यभन्दा बढी राजस्व

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरधामले सात वर्षपछि तोकिएको लक्ष्यभन्दा बढी