फोहरको थुप्रोमा खानेकुरा बनाउने गरेको एलिनाज क्याफेलाई जरिवाना « Khabarhub

फोहरको थुप्रोमा खानेकुरा बनाउने गरेको एलिनाज क्याफेलाई जरिवाना


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फोहरको थुप्रोमा खानेकुरा बनाएको भेटिएपछि ललितपुरस्थित रोयल एलिनाज बेकरी क्याफेलाई  अनुगमन निकायले २० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

खाद्य सामग्री फोहरमाथि राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्य्राइँ गरेको भन्दै सो क्याफेलाई जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत निकायले  जरिवाना भराएको हो ।

सरकारी उच्चस्तरीय संयुक्त अनुगमन टोलीले मंगलबार सो क्याफेको अनुगमन गरेको थियो । सो क्याफेले न्युनतम मापदण्ड नै मिचेको पाइएकोउद्योग वाणिज्य कार्यालय ललितपुरका अनुगमन अधिकृत सञ्जय थापाले जानकारी दिए ।

थापाका अनुसार; क्याफेको खाद्यपदार्थ फोहर राख्ने डस्टबिनसँगै जोडेर राखिएको भेटिएको थियो । ‘मानिसको जीवनसँग जोडिएको खानेकुरा फोहरमैला भएकै ठाउँमा राखेर गम्भीर लापरबाही गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले जरिवाना गरेको हो,’ थापाले भने, ‘२५ रुपैयाँ पर्ने बोतलको पिउने पानीलाई ५० रुपैयाँमा बेचेर ठगी गरेको भेटियो ।’

बजार अनुगमन टोलीले मानभवनमा रहेको जोइन्ट बार एन्ड ग्रीललाई पनि १० हजार रुपैयाँ जरिवाना तिराएको छ । ३५ रुपैयाँको बोतलको प्रशोधित पिउने पानीलाई १०० रुपैयाँमा बेचेको भेटिएपछि कारबाही गरेको अनुगमन अधिकृत थापाले जानकारी दिए ।

दर्ता प्रमाणपत्र, प्यान र भ्याटमा दर्ता भएको प्रमाणपत्र नै नभेटिएको तथा सामान्य विलबिजक पनि जारी नगरेको पाइएको विभागले जनाएको छ ।

‘जोइन्ट ग्रीलले आन्तरिक राजस्वको अन्तःशुल्क प्रमाणपत्र नलिइ अल्कोहल जन्य पेय पदार्थ विक्रीवितरण गरेको भेटियो’, थापाले थपे, ‘उसको रक्सी पसल सिल गरिएको छ ।’ दर्ता नगरेसम्म अब विक्रीवितरण पुर्ण रूपमा रोक लगाइएको उनले बताए ।

अनुगमन टोलीले सोमबारदेखि  बजार अनुगमन थालेको हो । दशैँभर अनुगमन जारी रहने सरकारी अधिकारीहरूले बताएका छन्‌ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ९ : १३ बजे

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप