कोशीमा फ्लोर क्रसबारे माओवादी भन्छ-अन्तर्घात रोकिएन, सहकार्यमा धोका   « Khabarhub

कोशीमा फ्लोर क्रसबारे माओवादी भन्छ-अन्तर्घात रोकिएन, सहकार्यमा धोका  


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले राष्ट्रियसभा निर्वाचन मा काङ्ग्रेसले गम्भीर अन्तर्घात गरेको बताएका छन ।

उनले शुक्रबार खबरहबसंग कुरा गर्दै काङ्ग्रेसले राजनीति बेमानी तथा गठबन्धनमा गम्भीर घात गरेको बताए ।

उनले भने, ‘आज माओवादी केन्द्रको प्रदेश कमिटी बैठकले पनि काङ्ग्रेसले माओवादी र गठबन्धनलाई पनि ठुलो घात गरेको निष्कर्ष निकालेको छ । यो विगत देखिनै आएको शृङ्खला हो । आगामी दिनमा यसले काङ्ग्रेससँगको सहकार्यमा गम्भीर समीक्षा गर्नुपर्ने भएको छ ।’

उनले यो घटनापछि काङ्ग्रेसको नेतृत्वले आफूहरूलाई उचित जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘को र कसले गरेको हो कारबाही त हुनुपर्यो नि ।’

यसमा कांग्रेस संस्थापन इतर समूहले फ्लोर क्रस गरेको संस्थापन पक्षको आरोप छ । तर इतर समूह यो कुरा मान्न तयार छैन । 

यस्तै फ्लोर क्रस भएपछि गठबन्धनमा मनमुटाब सुरु भएको र प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले समेत टेलिफोन संवाद  गरेको स्रोतको भनाइ छ । 

फ्लोर क्रस भएकोबारे काङ्ग्रेस केन्द्रिय टिम र प्रदेशले पनि आन्तरिक बैठक गरेको स्रोतको भनाइ छ । 

बिहीबार कोशी प्रदेशमा गठबन्धनबाट माओवादी महिलातर्फकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले उम्मेदवार रुक्मणी कोइराला अप्रत्याशित रूपमा विजयी भएकी थिइन । 

 गठबन्धनको स्पष्ट बहुमत हुँदाहुँदै कांग्रेसका केही जनप्रतिनिधिले माओवादीलाई भोट नदिई एमालेलाई सघाउँदा कार्की पराजित भएकी हुन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने कोशी प्रदेशसभामा भएको हल्का ‘क्रस भोटिङ’ का बाबजुद राष्ट्रियसभामा पुग्न सफल भए ।

कोशीमा एमालेकी रुक्मणी कोइरालाले ५ हजार ८६ मतभार ल्याएकी छन् भने गठबन्धन उम्मेदवार चम्पादेवी कार्कीले ४ हजार ९ सय २२ मत पाइन् ।

यहाँ स्थानीय तहमा एमालेका ११२ र राप्रपाका चार गरी ११६ मत एमालेको पक्षमा थियो । तर १५ स्थानीय जनप्रतिनिधिले भोट क्रस गरेपछि एमाले विजयी भएको हो ।

कोशीमा गठबन्धनबाट खस आर्यतर्फका उम्मेदवार सिटौला ५ हजार २ सय ९२ मतभरका साथ विजयी भए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : १८ बजे

एकैदिन तोलामा १० हजार बढीले घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा

रुस-आसियान साझेदारी थप मजबुत

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु