आँबुखैरेनीका सबै वडाको आफ्नै भवन | Khabarhub Khabarhub

आँबुखैरेनीका सबै वडाको आफ्नै भवन


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकाका सबै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएका छन् । चालु आर्थिक वर्षमा दुई वडा कार्यालयको भवन निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेका छन् ।

चालु आर्थिक वर्षमा वडा नं २ र ६ को कार्यालय भवन निर्माण गरिएको छ । गत आर्थिक वर्षसम्ममा वडा नं १, ४ र ५ को कार्यालय भवन निर्माण भएको थियो । वडा नं ३ भने गाउँपालिकाकै कार्यालयबाट सञ्चालित छ ।

वडा कार्यालयको सेवा सहज र सरलरूपमा प्रवाह गर्ने उद्देश्यसहित वडा भवन बनाउने नीतिबमोजिम सबैको भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, “भाडामा घरमा, साँघुरा कोठामा वडा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको थियो । सुविधासम्पन्न भवन निर्माण भएसँगै जनताको काम गर्न सहजता आउनेछ ।”

वडा नं ६ को नवनिर्मित भवनबाट हालै सेवा प्रवाह सुरु गरिएको छ । यसअघि भाडाको घरमा सञ्चालित वडा कार्यालयको भवन निर्माण सम्पन्न गरी सोही भवनबाट सेवा प्रवाह सुरु गरिएको वडाध्यक्ष दिलीप गुरुङले जानकारी दिए । यसअघि भाडामा लिइएको भवनबाट सेवा प्रवाह गर्दा साँघुरो ठाउँ भएका कारण समस्या हुँदै आएको थियो । उनले भने, “सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा सहजता हुनेछ ।”

एक हजार एक सय १७ वर्गफिट क्षेत्रफलमा फैलिएको दुई तला भवन रु ६३ लाख २० हजार छ सय ७९ मा सम्पन्न भएको हो । रु एक करोड ११ लाख सात हजार दुई सय ९७ अनुमान गरिएको भवन रु ७३ लाख ५४ हजार एक सय ५९ मा विसं २०७८ असोज २४ मा ठेक्का सम्झौता भएको थियो । आव २०७७/७८ को योजनाबमोजिम निर्माण थालिएको भवनको ठेक्का श्री मनकामना गुरुङ निर्माण सेवाले लिएको थियो ।

यसअघि वडा नं १, २, ४ र ५ को भवन निर्माण सम्पन्न भइसकेको छ । वडा नं ३ गाउँपालिकाकै भवनबाट सञ्चालित छ । वडा नं २ को भवन पनि हालसालै सम्पन्न भएको हो । वडा नं २ को भवन रु एक करोड ९७ लाख ५७ हजार लागत अनुमान रहेकामा रु एक करोड २२ लाख ६४ हजारमा ठेक्का सम्झौता भएको थियो । गाउँपालिकाले उक्त भवन निर्माण गरेबापत निर्माण कम्पनीलाई रु एक करोड १० लाख भुक्तानी गरेको थियो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : १० बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन