लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीको निर्देशन


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्विनीसँग सम्बन्धित रामग्राम, कपिलबस्तु आदि क्षेत्रको विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्विनी विकास कोषलाई निर्देशन दिए ।

शुक्रबार काठमाडौंमा आयोजित लुम्बिनी विकास बोर्डको बैठकमा प्रधानमन्त्री ओलीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अघि सारेको लुम्विनी गुरुयोजना छिटो सक्न निर्देशन दिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित क्षेत्रमा बौद्ध परिपथ निर्माण गर्ने कामको तयारी गर्न लुम्विनी विकास कोषलाई निर्देशन दिए ।

कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीलाई कोषले लुम्विनी गुरुयोजनाको हालसम्मको कामका विवरण तथा नेपाल भ्रमण वर्ष– २०२० लाई ध्यानमा राखेर आयोजना गर्न लागिएको बुद्ध जयन्ति र बौद्ध सम्मेलनको तयारीका बारे पनि ब्रिफिङ गरेको थियो ।

प्रधानमन्त्री निबास बालुवाटारमा भएको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवम् कोषका अध्यक्ष योगेशकुमार भट्टराई तथा कोषका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ३ : १० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको