लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीको निर्देशन


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्विनीसँग सम्बन्धित रामग्राम, कपिलबस्तु आदि क्षेत्रको विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्विनी विकास कोषलाई निर्देशन दिए ।

शुक्रबार काठमाडौंमा आयोजित लुम्बिनी विकास बोर्डको बैठकमा प्रधानमन्त्री ओलीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अघि सारेको लुम्विनी गुरुयोजना छिटो सक्न निर्देशन दिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित क्षेत्रमा बौद्ध परिपथ निर्माण गर्ने कामको तयारी गर्न लुम्विनी विकास कोषलाई निर्देशन दिए ।

कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीलाई कोषले लुम्विनी गुरुयोजनाको हालसम्मको कामका विवरण तथा नेपाल भ्रमण वर्ष– २०२० लाई ध्यानमा राखेर आयोजना गर्न लागिएको बुद्ध जयन्ति र बौद्ध सम्मेलनको तयारीका बारे पनि ब्रिफिङ गरेको थियो ।

प्रधानमन्त्री निबास बालुवाटारमा भएको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवम् कोषका अध्यक्ष योगेशकुमार भट्टराई तथा कोषका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ३ : १० बजे

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ

कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी

काठमाडौं – गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं

सगरमाथा चौधरी आँखा अस्पतालमा दुई हजार बढी बिरामीको निःशुल्क शल्यक्रिया

सिरहा– नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा