कांग्रेस बलियो बनाउन ‘संवाद यात्रा’ : महामन्त्री थापा « Khabarhub

कांग्रेस बलियो बनाउन ‘संवाद यात्रा’ : महामन्त्री थापा


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बलियो बनाउन आफूले संवाद यात्रा सुरु गरेको बताएका छन्।

यात्राका क्रममा आज अपराह्न झापाको गौरीगञ्ज आइपुग्नुभएका महामन्त्री थापाले पार्टीका कार्यकर्ता, जनताका गुनासा र सुझाव लिन देशदौडाहास्वरुप ‘संवाद यात्रा’ सुरु गरिएको बताए । उनले संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा पार्टीमाझ पुर्याउने स्पष्ट पारे ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, जिल्ला सभापति देउमान थेवेसहित आइपुग्नुभएका उनले गौरीगञ्जको कुन्जीबारी र खजुरगाछीमा सर्वसाधारणसँग स्थानीय समस्याबारे जानकारी लिनुका साथै पार्टी कार्यकर्तामाझ अन्तरक्रिया गरेका थिए । महामन्त्री थापाले कांग्रेसलाई जनतामाझ पुर्याउन यस यात्राले सघाउ पुर्याउने बताए ।

सो अवसरमा कुन्जीबारीमा गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले हुलाकी सडक, कन्काई नदीमा निर्माणाधीन पुललगायतका स्थानीय समस्या राखेका थिए ।

झापाको काँकडभिट्टास्थित मेची भन्सारबाट सुरु गर्नुभएको संवाद यात्रा झापा हुँदै मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुगेर यही माघ २६ गते सकिने जनाइएको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : ५४ बजे

खाँदबारी–किमाथाङ्का सडक: ‘ट्रयाक’ स्तरोन्नति 

काठमाडौं– बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडक (  १६२ किमी मध्ये १०. ८

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी

शुक्लाफाँटा धारापानीवासीलाई कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा भइरहेको छ काराेबार ?

काठमाडौं– बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ