कांग्रेस बलियो बनाउन ‘संवाद यात्रा’ : महामन्त्री थापा « Khabarhub

कांग्रेस बलियो बनाउन ‘संवाद यात्रा’ : महामन्त्री थापा


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बलियो बनाउन आफूले संवाद यात्रा सुरु गरेको बताएका छन्।

यात्राका क्रममा आज अपराह्न झापाको गौरीगञ्ज आइपुग्नुभएका महामन्त्री थापाले पार्टीका कार्यकर्ता, जनताका गुनासा र सुझाव लिन देशदौडाहास्वरुप ‘संवाद यात्रा’ सुरु गरिएको बताए । उनले संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा पार्टीमाझ पुर्याउने स्पष्ट पारे ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, जिल्ला सभापति देउमान थेवेसहित आइपुग्नुभएका उनले गौरीगञ्जको कुन्जीबारी र खजुरगाछीमा सर्वसाधारणसँग स्थानीय समस्याबारे जानकारी लिनुका साथै पार्टी कार्यकर्तामाझ अन्तरक्रिया गरेका थिए । महामन्त्री थापाले कांग्रेसलाई जनतामाझ पुर्याउन यस यात्राले सघाउ पुर्याउने बताए ।

सो अवसरमा कुन्जीबारीमा गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले हुलाकी सडक, कन्काई नदीमा निर्माणाधीन पुललगायतका स्थानीय समस्या राखेका थिए ।

झापाको काँकडभिट्टास्थित मेची भन्सारबाट सुरु गर्नुभएको संवाद यात्रा झापा हुँदै मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुगेर यही माघ २६ गते सकिने जनाइएको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : ५४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम